नेपाल सम्वत् ११४६, यंलागाः १०, नवमी (२० असोज २०८३, ६ अक्टोबार, २०२६) मंगलबार, बाँपिझ्याला । सरकारले थप १४ वटा विधेयक संघीय संसद्मा दर्ता गर्ने प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका अनुसार ती विधेयक छिट्टै संसद्मा दर्ता गर्ने गरी आवश्यक प्रक्रिया अघि बढाइएको हो।
हाल संघीय संसद्मा ३६ वटा विधेयक विचाराधीन छन्। संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीका अनुसार पछिल्ला दुई अधिवेशनबाट पारित भएका १२ वटा विधेयक दुवै सदनबाट पारित भइसकेका छन्। तीमध्ये ११ वटा विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेका छन् भने एउटा प्रमाणीकरणको प्रक्रियामा रहेको छ।
संघीय संसद्मा विचाराधीन ३६ विधेयकमध्ये २४ वटा विधेयक संसदीय समितिमा दफावार छलफलमा रहेका छन्। एउटा विधेयक राष्ट्रिय सभामा रहेको छ भने बाँकी विधेयक सम्बन्धित सदनमै विचाराधीन अवस्थामा छन्।
सरकारले संसद्मा दर्ता गर्ने तयारी गरेका १४ विधेयकमध्ये अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संशोधन विधेयक र राष्ट्रिय सतर्कता केन्द्रसँग सम्बन्धित ऐन संशोधन विधेयक रहेका छन्।
त्यसैगरी कम्पनी ऐन संशोधन विधेयक, विभिन्न पाँच वटा संहिता संशोधन विधेयक तथा औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक पनि संसद्मा लैजाने तयारी भइरहेको छ।
अर्थ मन्त्रालयले सार्वजनिक ऋण व्यवस्थापन र विदेशी विनिमयसँग सम्बन्धित विधेयक अघि बढाइरहेको छ। ऊर्जा मन्त्रालयले नवीकरणीय ऊर्जा तथा जलस्रोतसम्बन्धी ऐन संशोधन विधेयक को प्रक्रिया अघि बढाएको छ।
यस्तै, पूर्वाधार न्यायाधिकरणसम्बन्धी विधेयक, कृषि क्षेत्रसँग सम्बन्धित विधेयक तथा पशु वधशालासम्बन्धी विधेयक पनि संसद्मा दर्ता गर्ने तयारी भइरहेको मन्त्रालयले जनाएको छ।
कुन विधेयक कुन चरणमा पुगेको छ भन्ने विषयमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले सम्बन्धित मन्त्रालयसँग समन्वय गरी नियमित रूपमा अनुगमन तथा ट्र्याकिङ गरिरहेको छ।
मन्त्रालयका अनुसार आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप १४ वटा विधेयकलाई छिट्टै संघीय संसद्मा दर्ता गर्ने तयारी भइरहेको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij