नेपाल सम्वत् ११४६, यंलागाः ९, नवमी (१९ असोज २०८३, ५ अक्टोबार, २०२६) सोमबार, बाँपिझ्याला । सरकारले नगरपालिकाहरूमा स्वच्छ ऊर्जा रूपान्तरण प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्न नर्वे सरकारबाट प्राप्त हुने करिब १० करोड रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त अनुदान स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिएका छन्। स्वच्छ ऊर्जा प्रविधिको प्रयोग तथा नगरपालिकाहरूमा ऊर्जा रूपान्तरणलाई प्रवर्द्धन गर्ने उद्देश्यले अनुदान परिचालन गरिने जनाइएको छ।
बैठकले पूर्वाधार विकास मन्त्रालयअन्तर्गत नेपाल इन्जिनियरिङ सेवा (गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति) दोस्रो संशोधन नियमावली स्वीकृत गरेको छ। त्यस्तै, वैकल्पिक विकास वित्त परिचालन नियमावली समेत स्वीकृत गरिएको छ।
यसैगरी, जेन्जी आन्दोलनसँग सम्बन्धित घटनामा दर्ता भएका फौजदारी मुद्दा फिर्ता लिन सकिने वा नसकिने विषयमा छानबिन गरी सिफारिस गर्न पूर्वन्यायाधीश बाबुराम रेग्मीको अध्यक्षतामा गठित समितिले पेस गरेको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि गृह मन्त्रालयमा पठाउने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।
मन्त्रिपरिषद् बैठकले सहसचिव पद्मकुमार मैनालीलाई नेपाल इन्जिनियरिङ सेवा समूहीकरणतर्फको सचिव पदमा बढुवा गर्ने निर्णयसमेत गरेको छ। बढुवापछि उनलाई पूर्वाधार विकास मन्त्रालयमा सचिवका रूपमा पदस्थापन गरिएको छ।
सोमबारको बैठकका निर्णयहरूले स्थानीय तहमा स्वच्छ ऊर्जा प्रवर्द्धन, पूर्वाधार क्षेत्रमा प्रशासनिक व्यवस्थापन तथा पछिल्लो राजनीतिक आन्दोलनसँग सम्बन्धित कानुनी विषयलाई प्राथमिकतामा राखेको देखिन्छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij