नेपाल सम्वत् ११४६, यंलागाः १०, नवमी (२० असोज २०८३, ६ अक्टोबार, २०२६) मंगलबार, बाँपिझ्याला । नेपाली कांग्रेसका युवा नेता राकेश श्रेष्ठले आगामी महाधिवेशनमा द्वन्द्व प्रभावित तथा जनआन्दोलन घाइते कोटाबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। पार्टीलाई थप एकताबद्ध, सुदृढ र जनमैत्री बनाउने उद्देश्यसहित आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको श्रेष्ठले बताएका छन्।
दोलखा जिल्ला भीमेश्वर नगरपालिका–२ का स्थायी बासिन्दा श्रेष्ठ लामो समयदेखि नेपाली कांग्रेसको संगठन तथा सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका छन्। दोलखामा पार्टी संगठन विस्तार तथा विभिन्न सामाजिक गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्दै आएका श्रेष्ठले स्थानीय तहदेखि जिल्लास्तर हुँदै केन्द्रीय तहसम्मका नेता–कार्यकर्ता तथा आम नागरिकसँग निरन्तर सम्पर्क र सहकार्य गर्दै आएको बताएका छन्।
पार्टी संगठनमा लामो समयदेखि सक्रिय रहँदै आएका श्रेष्ठले आफ्नो अनुभव, संगठनात्मक क्षमता र जनसम्पर्कलाई केन्द्रीय तहमा उपयोग गर्ने उद्देश्यसहित उम्मेदवारी अघि सारेको बताएका छन्।
श्रेष्ठले नेपाली कांग्रेसको मूल आदर्श राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई आत्मसात् गर्दै पार्टी संगठनलाई थप मजबुत, व्यवस्थित र प्रभावकारी बनाउने आफ्नो मुख्य उद्देश्य रहेको बताएका छन्। पार्टीभित्रको एकता कायम गर्दै संगठनात्मक सुदृढीकरण, कार्यकर्ताको भूमिका विस्तार तथा जनतासँगको सम्बन्धलाई थप बलियो बनाउने उनको प्रतिबद्धता छ।
श्रेष्ठले नेपाली कांग्रेसलाई आम नागरिकसँग अझ नजिक जोड्नुपर्ने आवश्यकता रहेको बताएका छन्। युवा, किसान, श्रमिक तथा आमजनताको हितलाई केन्द्रमा राखेर पार्टीको भूमिका प्रभावकारी बनाउनुपर्ने उनको धारणा छ।
शिक्षा, स्वास्थ्य तथा रोजगारीका क्षेत्रमा विशेष ध्यान दिँदै नागरिकका आधारभूत आवश्यकता र अवसरसँग पार्टीको राजनीतिक एजेन्डालाई जोडेर अघि बढ्ने आफ्नो प्राथमिकता रहेको श्रेष्ठले बताएका छन्।
त्यसैगरी, वडा तहदेखि केन्द्रसम्म पार्टी संगठनलाई थप व्यवस्थित र सक्रिय बनाउने, कार्यकर्ताबीच आपसी एकता तथा सहकार्य बढाउने र जनसम्पर्क विस्तार गर्ने विषयलाई उनले आफ्नो उम्मेदवारीको महत्वपूर्ण आधार बनाएका छन्।
द्वन्द्व प्रभावित तथा जनआन्दोलनका घाइतेहरूको प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको उल्लेख गर्दै श्रेष्ठले उनीहरूका सवाल, योगदान र अधिकारलाई पार्टीको नीति तथा नेतृत्व तहमा प्रभावकारी रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले समावेशी, न्यायपूर्ण र समृद्ध समाज निर्माणका लागि राजनीतिक तथा सामाजिक क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्ने बताएका छन्। नेपाली कांग्रेसलाई जनमुखी र संगठनलाई थप सशक्त बनाउँदै जनताको अपेक्षा र पार्टीको नीतिबीचको सम्बन्धलाई थप बलियो बनाउने आफ्नो लक्ष्य रहेको श्रेष्ठको भनाइ छ।
केन्द्रीय सदस्य पदको उम्मेदवारी घोषणा गर्दै श्रेष्ठले पार्टीका नेता, कार्यकर्ता तथा महाधिवेशन प्रतिनिधिहरूसँग सहयोग, सहकार्य र समर्थनको अपेक्षा गरेका छन्। उनले आफ्नो उम्मेदवारीलाई संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार तथा द्वन्द्व प्रभावित र जनआन्दोलनका घाइतेहरूको प्रतिनिधित्वसँग जोडेर अघि बढाउने बताएका छन्।
श्रेष्ठले महाधिवेशन प्रतिनिधिहरूसँग आफूलाई अमूल्य मत प्रदान गरी केन्द्रीय सदस्यमा निर्वाचित गराउन आग्रहसमेत गरेका छन्।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij