नेपाल सम्वत् ११४६, यंलागाः २, द्वितिया (१२ असोज २०८३, २८ सेप्टेम्वर, २०२६) सोमबार, बाँपिझ्याला । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोलखाको प्रदेश सभा क्षेत्र ‘ख’ बाट नवराज पाख्रिन खुला प्रदेश महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका छन्।
कालिञ्चोक गाउँपालिका–१ निवासी पाख्रिनले विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा प्रारम्भ गरेका हुन्। नेपाल विद्यार्थी संघ (नेविसंघ) मार्फत सक्रिय राजनीति सुरु गरेका उनले नेपाल तरुण दलमा समेत विभिन्न जिम्मेवारी सम्हाल्दै संगठन निर्माणमा योगदान दिएका छन्। उनी नेपाल तरुण दल बागमती प्रदेश खेलकुद विभागका सदस्यको रूपमा समेत कार्यरत रहिसकेका छन्।
युवा व्यवसायीका रूपमा परिचित पाख्रिन सामाजिक, खेलकुद तथा राजनीतिक गतिविधिमा निरन्तर सक्रिय रहँदै आएका छन्। युवाको हकहित, नेतृत्व विकास र संगठन सुदृढीकरणका विषयमा उनको सक्रिय सहभागिताले जिल्लाका युवामाझ उनी लोकप्रिय नेताका रूपमा स्थापित भएका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गरी सम्पन्न प्रतिनिधि छनोट प्रक्रियामा प्रदेश सभा क्षेत्र ‘ख’ बाट उनको उम्मेदवारी सर्वसम्मत रूपमा अनुमोदन भएपछि उनी खुला प्रदेश महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका हुन्।
उनको निर्विरोध निर्वाचनसँगै कांग्रेसभित्र युवा नेतृत्वलाई थप जिम्मेवारी र अवसर प्रदान गर्ने वातावरण बलियो बन्दै गएको स्थानीय नेता तथा कार्यकर्ताहरूको विश्वास रहेको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij