
नेपाल सम्वत् ११४४, दिल्लागा ११, (१६ साउन २०८१) बुधबार, बाँपीझ्याला, दोलखा । प्रसिद्व दोलखा भीमेश्वरमा पसिना आए पछि महाप्रसाद लिने दर्शनार्थिहरुको घुईचो लागेको छ ।
यसरी महाप्रसाद लिने क्रममा आज नेकपा माओवादिका युवा नेता बागमती प्रदेश पुर्व बन मन्त्री विशाल खड्का र उहाँसंग माओवादी केन्द्रका दोलखा जिल्ला संयोजक ज्योती श्रेष्ठ लगाएतका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

सहभागिहरुलाई भीमेश्वर पुजा व्यवस्थापन समितिका अध्यक्ष भरत बहादुर श्रेष्ठ, सचिव राजेन्द्र नारायण श्रेष्ठ र सदस्य ज्ञानेन्द्र प्रधानले भीमेश्वरमा माला लगाई महाप्रसाद प्रदान गर्नु,भएको थियो ।
नेता खड्का मन्त्री हुँदा दोलखा भीमेश्वरको पुर्वधार विकासमा ५० लाख बजेट विनियोजन गर्नु भएको थियो । जय भीमेश्वर कल्याण गरुण सवैको ।

केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij