बाँपीझ्याला, काठमाण्डौं । नेकपा (एमाले) जिल्ला कमिटी रामेछापको आयोजनामा पार्टीको बागमती प्रदेशको प्रथम सम्पन्न भएको छ । यसरी उक्त अधिवेशनबाट निर्वाचित पदाधिकारीहरु, सदस्यहरु र लेखा समितिको पदाधिकारीहरुलाई बधाई तथा वडादशैं, तिहार, नेपाल सम्बत, छठ लगायतको चाडपर्वहरुको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम गरिएको छ । बागमती प्रदेशका नव निर्वाचित अध्यक्ष कैलाश प्रसाद ढुङ्गेलको प्रमुख आतिथ्यतामा मन्थलीमा सम्पन्न भएको छ ।
सो कार्यक्रममा शुभकामना आदान प्रदानको साथै प्रदेश अधिवेशनमा निर्वाचित अध्यक्ष कैलाश प्रसाद ढुङ्गेल, उपाध्यक्ष दावा दोर्जे लामा, सचिव नवराज सिलवाल, उप सचिव भक्त कुमारी लामा, उप सचिव प्रेम महर्जन, लेखा समितिका अध्यक्ष श्याम कृष्ण श्रेष्ठ र रामेछापबाट निर्वाचित प्रदेश कमिटी सदस्यहरु शान्ति प्रसाद पौडेल, ज्ञान कुमार श्रेष्ठ, प्रेम वहादुर तामाङ्ग, लव श्रेष्ठ, गोपाल श्रेष्ठ, शेर वहादुर श्रेष्ठ, घनश्याम सार्की, माया कार्की, गंगादेवी कार्की, हर्कमाया माझी, दिपशिखा दाहाल, अर्जुन कार्की, परशु राम बस्नेतलाई बधाई पत्र नेकपा (एमाले) रामेछाप जिल्ला कमिटी अध्यक्ष तथा बागमती प्रदेश सभा सदस्य आनन्द कुमार श्रेष्ठले प्रदान गर्नु भएको थियो । सो कार्यक्रममा पार्टीद्वारा निर्माणाधिन मदन आश्रित भवनको लागि आर्थिक सहयोग गर्नको लागि पार्टीको अपिल पत्र सार्वजनिक गरिएको थियो ।
कार्यक्रममा नेकपा (एमाले) केन्द्रीय सदस्य एवम् रामेछाप इञ्चार्ज गणेश पहाडी, केन्द्रीय सदस्यद्वय माधव ढुङ्गेल, गीता कार्की, जिल्ला कमिटीका पदाधिकारीहरु र सदस्यहरु, पालिका कमिटीका पदाधिकारी सदस्यहरु, जन वर्गीय संगठनका नेता कार्यकर्ताहरु र पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरु र शुभेच्छुकहरुको सहभागिता रहेको थियो ।
नेपाल खेलकुद महासंघ रामेछापको आयोजना भएको ३० वर्ष माथिको फुटबल प्रतियोगिताको उद्घाटन र नेपाल निर्माण उद्योग परिषद रामेछापको दोश्रो अधिबेशनको उद्घाटन प्रमुख अतिथि ढुङ्गेलले गर्नु भएको थियो । परिषदको दोश्रो अधिबेशनले कृष्ण थापा मगरको अध्यक्षतामा ११ समिति जिल्ला कमिटी सर्बसम्मतीले चयन गरेको छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij