अहिलेको समय अत्यन्त प्रतिस्पर्धाले भरिएको छ । यस्तो भागदौड पूर्ण समयमा चाहेर पनि तनाबलाई हटाउन सकिदैन । त्यसैले आफ्नो व्यस्त दिनचर्याको कारणले संगालेको तनाव केही कम गर्न होस् या स्वस्थ बन्न होस, धेरैले ध्यानलाई केही समय दिने गरेकाछन् । आम मान्छेको धारणा यो छ कि ध्यान गर्दा एकाग्र हुनुपर्छ ।
तर ध्यान र एकाग्रताको कुनै खास सम्बन्ध छैन । एकाग्र हुनु भनेको कुनै एक कुरामा मात्र अडिरहनु हो । तर ध्यान भनेको शरिर, भावना र विचारहरुमा आइरहेको दृष्यलाई द्रष्टाको रुपमा हेरिरहने क्रिया हो । हामी कुनै एउटा कुरामा मात्र एकाग्र भयौं भने बाँकी कुराहरु झन् बढी सक्रिय हुन्छन् र ध्यानमा गहनता आउन सक्दैन ।

त्यसैले ध्यानमा बस्दा हाम्रा शरिर, भावना र मनमा आएका संवेदनाहरु, विचारहरुलाई साक्षी भावले हेरिरहनु पर्दछ । यसो गर्दा नकारात्मक विचार, संवेदनाहरु कम हुँदै जान्छन् र अन्ततः ध्यान घटित हुने संभावनामा वृद्घि हुन थाल्दछ ।
ध्यानको बारेमा सही प्रशिक्षण नलिई ध्यान जति गरेपनि ध्यानबाट हुनुपर्ने रुपान्तरण संभव छैन ।
त्यसैले सबैभन्दा पहिला ध्यान भनेको के हो भनेर नै बुझ्नु जरुरी छ । हामी चाँही ध्यानको बारेमा जानकारी नलिएरै अभ्यास शुरु गर्न हतारिन्छौं । मान्छेहरु विसौं वर्ष ध्यान साधनामा लागेर पनि सफलता पाउन नसक्नुको रहस्य पनि यही हो ।
जसरी हामी निद्रा आफै ल्याउन सक्दैनौँ । मात्र निद्रा आउने पूर्बाधारहरु अपनाउन सक्छौँ– जस्तै नरम बिच्छौनामा पल्टनु, आरामले पल्टनु
धर्मशास्त्रहरुमा ध्यानको महिमाको बारेमा थुप्रै कुराहरु लेखेको पाइन्छ । प्रशिक्षकहरुले पनि ध्यान गर्नु पर्दछ भनेर नगन्य बिधिहरु दिन्छन् । यदि हामिले गहिरिएर हेर्ने हो भने ध्यान गर्ने भन्ने वाक्यनै गलत छ । ध्यान गर्ने होइन ध्यान घट्ने हो । जसरी हामी निद्रा आफै ल्याउन सक्दैनौँ । मात्र निद्रा आउने पूर्बाधारहरु अपनाउन सक्छौँ– जस्तै नरम बिच्छौनामा पल्टनु, आरामले पल्टनु आदि । यसो गरेपछी निन्द्रा आफैँ आउँदछ । त्यसरीनै ध्यान आउने पूर्बाधारहरु अपनाउन सक्दछौ तर ध्यान गर्न सक्दैनौँ । ध्यान आउन सजिलो बनाउन हामी बिचार कम गर्न सक्छौँ, श्वासको गति सिथिल बनाउन सक्छौँ । यसरी गदै गएपछि ध्यान आफै घटित हुन्छ । अतः ध्यान एउटा अवस्था हो जो आफै घट्दछ ।
ध्यानमा होस पूर्वक बस्ने हुदाँ हराउने भन्ने नै हुदैन
ध्यान सम्वन्धी अर्को धारणा यो छ की ध्यानमा बस्दा विचारहरु आउनु हुदैन अनि हराउनु पर्दछ भनेर सोच्दछन् । ध्यानमा वस्दा विचारहरु आउन नहुने भने होइन । ध्यानमा वस्दा सयौं विचारहरु आउन सक्छन् उक्त विचारलाई होस पूर्वक हेदै जानु पर्दछ । हामी विचारको पछि लाग्नु हुदैन । होस पूर्वक उक्त विचारलाई हेर्ने सकेमा उक्त विचारहरु बिर्सजन हुदै हुन्छ । ध्यानमा होस पूर्वक बस्ने हुदाँ हराउने भन्ने नै हुदैन । हराउने भनेको होस नहुनु हो । ध्यान बस्दा झन होसको मात्रा बढ्दछ । जति जति हामी धेरै सामय ध्यानमा बस्छौ हाम्रो चेतनाको बिराटता महशुष हुन्छ । ध्यानमा जति बस्दछौ उक्तिकै सत्व उर्जा शरीरमा बढ्न थाल्दछ । जति जति सत्व उर्जा हाम्रो शरीरमा बढ्न थाल्दछ त्यति नै हामी भित्रको चेतना रुपान्तरण हुन थाल्दछ ।
ध्यान गर्ने बित्तिकै ध्यान घटित हुदैन । ध्यानको लागि धैर्यको आबश्यक चाहिन्छ । ध्यान एउटा यस्तो प्रक्रिया हो जसले मनुष्यको चेतनालाई रुपान्तरण गरी स्वयम्को बोध गराउन सक्दछ त्यसैले आफ्नो दैनिक जीबनमा केही समय ध्यानलाई पनि दिने हो भने जीवनमा कहिल्यै निराशापन आउन सक्दैन ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij