Oct 06 2026 | २०८३, आश्विन २० गते

Oct 06 2026 | २०८३, आश्विन २० गते

दोलखा : पाखलती जीवन योग प्रयोगशालाको चौथो स्थापना दिवस सम्पन्न

दोलखा : पाखलती जीवन योग प्रयोगशालाको चौथो स्थापना दिवस सम्पन्न

नेपाल सम्वत् ११४६, गुंल्लागाः १४, चतुर्दशी (२५ भाद्र २०८३, १० सेप्टेम्वर, २०२६) बिहीबार, बाँपिझ्याला । भीमेश्वर नगरपालिका–२, दोलखामा जीवन विज्ञान परिषद्बाट सञ्चालित पाखलती जीवन योग प्रयोगशालाको चौथो स्थापना दिवस विशेष कार्यक्रमका साथ सम्पन्न भएको छ।

प्रयोगशालाका संयोजक लक्ष्मी प्रधानको सभापतित्वमा सम्पन्न कार्यक्रममा भीमेश्वर नगरपालिकाकी उपप्रमुख कमला बस्नेत प्रमुख अतिथि तथा वडा नं. २ का अध्यक्ष स्टालिन श्रेष्ठ विशिष्ट अतिथि रहनुभएको थियो।

yog.jpg

कार्यक्रमको सुरुवात राष्ट्रिय गान, गत भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको स्मृतिमा मौनधारण तथा प्रमुख अतिथि उपप्रमुख बस्नेतद्वारा दीप प्रज्वलन गरी गरिएको थियो। कार्यक्रममा कल्याण मित्र सपना श्रेष्ठले सहभागीहरूलाई स्वागत गर्नुभएको थियो।

स्थापना दिवसका अवसरमा प्रयोगशालाका महासचिव अजय प्रधानले सचिवको प्रतिवेदन र कोषाध्यक्ष बिना श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। स्थानीय नागरिकहरूको उल्लेख्य सहभागिताबीच कल्याण मित्र बिनु श्रेष्ठको सहजीकरणमा विशेष ‘स्वजागरण कार्यक्रम’ समेत सञ्चालन गरिएको थियो।

कार्यक्रममा जीवन विज्ञान परिषद् दोलखाका संयोजक सुरेशचन्द्र खड्काले प्रयोगशालाको चौथो वर्षगाँठको अवसरमा शुभकामना व्यक्त गर्नुभयो।

प्रमुख अतिथि उपप्रमुख कमला बस्नेतले नगरवासीको शारीरिक तथा मानसिक स्वास्थ्य सुधारमा जीवन योग प्रयोगशालाले पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता सकारात्मक गतिविधिमा नगरपालिकाको सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रमको समापन गर्दै सभापति एवं प्रयोगशालाका संयोजक लक्ष्मी प्रधानले स्थापना दिवस सफल बनाउन सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार