Oct 06 2026 | २०८३, आश्विन २० गते

Oct 06 2026 | २०८३, आश्विन २० गते

सामाजिक अभियान्ता जानुका न्यौपानेलाई हार्दिक बधाई ।

सामाजिक अभियान्ता जानुका न्यौपानेलाई हार्दिक बधाई ।

बाँपीझ्याला, दोलखा । सामाजिक अभियान्ता तथा महिला नेतृ जानुका न्यौपानेले आफ्नो अध्ययनको क्रममा विद्यावारिधि (पिएचडि) हासिल गर्न सफल भएपछि दोलखा जिल्लाका महिला दिदिबहीनीहरले सदरमुकाम चरिकोटमा एक कार्यक्रमको आयोजना गेरेर बधाई तथा शुभकामना प्रदान गरेका छन् ।

१३ बर्षको उमेर विवाह गरेर पनि ठूलो संघर्षकाबिच विद्यावारिधि उपाधि प्राप्त गर्न सफल भएको खुसीयालीमा बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरिएको रेडियो शैलुङकी स्टेशन मेनेजर विनिता शिवाकोटीले जानकारी दिनुभयो ।

तामाकोशी गाउँपालिका वडा नम्बर ३ जफे माईती भई भीमेश्वर नगरपालिका वडा नम्बर ६ रामकोट स्थायी घर भएकी न्यौपानेले भारतको सिंघानिया विश्वविद्यालय, राजस्थानबाट समाजशास्त्र विषयमा विद्यावारिधि उपाधि प्राप्त गर्नुभएको हो ।

१३ बर्षको कलिलो उमेरमा बेहुली बनेर विवाह मण्डपमा श्रीमानसँग घरजम गरेर बसेकी जानुका न्यौपाने । विहेबारीपछिको घरायसी बन्धन, बच्चा जन्माईसकेपछिको कमजोर शारिरीक अवस्था र नाजुक आर्थिक अवस्थाबाट गुज्रिँदै ४७ बर्षको उमेरसम्म पनि आफ्नो अध्ययनलाई निरन्तरता दिएर विद्यावारिधि उपाधि प्राप्त गर्न सफल भएकी हुन् ।

न्यौपानेको सफलताबाट अन्य महिलाहरुलाई समेत अध्ययनको लागि प्रेरणा मिलेको अगुवा महिलाहरुले बताएका छन् । दुई छोरी र एक छोराकी आमा न्यौपाने सामाजिक र राजनितिक क्षेत्रमा समेत सक्रिय हुनुहुन्छ ।

न्यौपाने विद्यावारिधी उपाधि प्राप्त गर्ने दोश्रो दोलखाली महिला हुनुहुन्छ । यसै गरिएको सम्मान कार्यक्रममा भीमेश्वर नगरपालिकाका उपप्रमुख कमला बस्नेत, जिरी नगरपालिकाका उपप्रमुख कृष्णमाया बुढाथोकी, कालिञ्चोक गाउँपालिकाका उपाध्यक्ष कालिका पाठक तथा शिक्षक, प्राध्यापक, पत्रकार लगायत शुभचिन्तक दोलखाली महिला दिदीबहीनीहरुको सहभागीता रहेको थियो ।

यसरी विद्यावारीधी हासिल गर्न सफल भएकी महिला सामाजिक अभियान्ता आदरनिय डाक्टर साहेव जानुका न्यौपानेलाई बाँपीझ्याला मिडियाको तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार