नेपाल सम्वत् ११४६, यंलागाः ७, सप्तमी (१७ असोज २०८३, ३ अक्टोबार, २०२६) शनिवार, बाँपिझ्याला । भीमेश्वर नगरपालिकास्थित भीम माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिले झन्डै एक वर्षपछि पूर्णता पाएको छ। लामो समयदेखि गठन प्रक्रियामा रहेको समितिले शनिबार नयाँ नेतृत्वसमेत पाएको हो।
२०८३ असोज १७ गते शनिबार बसेको समितिका ९ जना सदस्यहरूको बैठकले लामो समयदेखि शिक्षा क्षेत्रमा योगदान पुर्याउँदै आउनुभएका शिक्षासेवी ज्ञानुकुमार कुवर योगीलाई बहुमतका आधारमा अध्यक्षमा चयन गरेको हो।
विद्यालय व्यवस्थापन समिति गठनका लागि भीमेश्वर नगरपालिकाबाट मनोनयन गर्नुपर्ने दुई जना प्रतिनिधि समयमा पठाउन नसक्दा समिति गठन प्रक्रिया लामो समयदेखि रोकिएको थियो। नगरपालिकाले हालै शान्तकृष्ण श्रेष्ठ र कल्पना थामीलाई प्रतिनिधिका रूपमा मनोनयन गरेपछि व्यवस्थापन समिति गठनको प्रक्रिया अघि बढेको हो।
नगरपालिकाबाट मनोनित प्रतिनिधिसहित समितिका सदस्यहरूको उपस्थितिमा बसेको बैठकले योगीलाई अध्यक्षको जिम्मेवारी प्रदान गरेको हो। नवनिर्वाचित अध्यक्ष योगीको कार्यकाल तीन वर्षको रहनेछ।
शिक्षा क्षेत्रमा लामो समयदेखि सक्रिय योगीको नेतृत्वमा विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, भौतिक पूर्वाधार विकास तथा समग्र व्यवस्थापनमा थप सुधार आउने अपेक्षा गरिएको छ।
झन्डै एक वर्षसम्म व्यवस्थापन समिति गठन हुन नसकेपछि अन्ततः समितिले पूर्णता पाएसँगै स्थानीयवासी तथा अभिभावकहरूले खुसी व्यक्त गरेका छन्। उनीहरूले विद्यालयको शैक्षिक विकासमा सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताउँदै विद्यालयमा राजनीतिक हस्तक्षेपभन्दा शैक्षिक वातावरणलाई प्राथमिकता दिन आग्रह गरेका छन्।
नवनिर्वाचित अध्यक्ष योगीले आफूलाई बहुमतका आधारमा अध्यक्षको जिम्मेवारी प्रदान गरिएकोमा खुसी व्यक्त गर्दै विद्यालयको बाँकी कामलाई योजनाबद्ध र प्रभावकारी कार्यपद्धतिमार्फत अघि बढाउने प्रतिबद्धता जनाउनुभएको छ। उहाँले विद्यालयको विकासका लागि अभिभावक, शिक्षक, विद्यार्थी तथा स्थानीयवासीको सहयोग र सहकार्य आवश्यक रहेको बताउँदै सबै पक्षबाट रचनात्मक सहयोगका लागि आग्रह गर्नुभएको छ।
व्यवस्थापन समितिले पूर्णता पाएसँगै विद्यालयको शैक्षिक, भौतिक तथा प्रशासनिक सुधारका कामलाई प्राथमिकताका साथ अघि बढाउने अपेक्षा गरिएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij