Oct 06 2026 | २०८३, आश्विन २० गते

Oct 06 2026 | २०८३, आश्विन २० गते

रवि लामिछानेको प्रस्ताव : ‘पाँच वर्ष प्रधानमन्त्री बालेन्द्र शाहकै नेतृत्वमा सरकार चल्छ’

रवि लामिछानेको प्रस्ताव : ‘पाँच वर्ष प्रधानमन्त्री बालेन्द्र शाहकै नेतृत्वमा सरकार चल्छ’

नेपाल सम्वत् ११४६, यंलागाः ८, अष्ठमी (१८ असोज २०८३, ४ अक्टोबार, २०२६) आईतबार, बाँपिझ्याला । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाहलाई आगामी पाँच वर्षका लागि प्रधानमन्त्रीका रूपमा स्वीकार गर्न आफू तयार रहेको बताएका छन्।

रास्वपाका सांसद असिम शाहले शनिबार सामाजिक सञ्जालमार्फत वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकमा सभापति लामिछानेले यस्तो धारणा राखेको जानकारी दिएका हुन्।

पार्टी नेतृत्वलाई लिएर विभिन्न अड्कलबाजी भइरहेका बेला लामिछानेले केन्द्रीय समिति बैठकमै बालेन्द्र शाहलाई पाँच वर्षका लागि प्रधानमन्त्रीका रूपमा स्वीकार गर्न तयार रहेको बताएका हुन्।

सांसद शाहका अनुसार बैठकमा लामिछानेले आफूलाई ‘ल्याप्चे नै लगाउनुपर्छ भने पनि तयार’ रहेको उल्लेख गर्दै ‘पाँच वर्ष प्रधानमन्त्री बालेन्द्र शाहकै नेतृत्वमा सरकार चल्छ’ भनेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार