नेपाल सम्वत् ११४६, यंलागाः ७, सप्तमी (१७ असोज २०८३, ३ अक्टोबार, २०२६) शनिवार, बाँपिझ्याला । दोलखाको भीमेश्वर नगरपालिकाले सामाजिक सुरक्षा र मानवीय संवेदनालाई केन्द्रमा राख्दै अविवाहित एकल महिला जीवन निर्वाह कार्यक्रम र अविवाहित महिला–पुरुष विवाह प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने भएको छ।
नगरपालिकाको २०८३ असोज १६ गते बसेको कार्यपालिका बैठकले दुवै कार्यक्रमसम्बन्धी कार्यविधि स्वीकृत गरेसँगै कार्यक्रम कार्यान्वयनको बाटो खुलेको हो।
स्वीकृत कार्यविधिअनुसार ३५ वर्ष उमेर पूरा भएका र ६० वर्ष ननाघेका अविवाहित एकल महिलाले २०८३ साउनदेखि मासिक १ हजार रुपैयाँ जीवन निर्वाह भत्ता पाउनेछन्।
त्यस्तै, ३५ वर्ष उमेर पुगेका अविवाहित महिला र ४० वर्ष उमेर पुगेका अविवाहित पुरुषले कानुनी रूपमा विवाह गरेमा जनही २५ हजार रुपैयाँ विवाह प्रोत्साहन रकम पाउने व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ।
नगरपालिकाका अनुसार दुवै कार्यक्रमको मुख्य उद्देश्य सामाजिक सुरक्षालाई थप मजबुत बनाउँदै लक्षित वर्गलाई आर्थिक सहयोग उपलब्ध गराउनु तथा विवाहका लागि प्रोत्साहन गर्नु हो। कार्यक्रममार्फत सामाजिक रूपमा संरक्षण र सहयोग आवश्यक पर्ने वर्गलाई स्थानीय तहबाट थप सहारा प्रदान गर्ने अपेक्षा गरिएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij