Oct 07 2026 | २०८३, आश्विन २१ गते

Oct 07 2026 | २०८३, आश्विन २१ गते

प्रधानमन्त्री बालेनको सचिवालयमा २५ जना, को–को छन् सल्लाहकार र कर्मचारी?

प्रधानमन्त्री बालेनको सचिवालयमा २५ जना, को–को छन् सल्लाहकार र कर्मचारी?

नेपाल सम्वत् ११४६, यंलागाः ६, षष्ठी (१६ असोज २०८३, २ अक्टोबार, २०२६) शुक्रवार, बाँपिझ्याला । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री बालेन्द्र शाहका सल्लाहकार, स्वकीय सचिवालयका पदाधिकारी तथा कर्मचारीको विवरण आफ्नो आधिकारिक वेबसाइटमा सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार प्रधानमन्त्रीको सल्लाहकार समूह तथा सचिवालयमा २५ जना कार्यरत छन्।

कार्यालयका अनुसार प्रधानमन्त्रीको सल्लाहकार समूह तथा विज्ञ टोलीमा मन्त्री र राज्यमन्त्रीसरहका पद तथा जिम्मेवारी दिइएको छ। कुमार ब्यञ्जनकार अवैतनिक मुख्य राजनीतिक सल्लाहकारका रूपमा रहेका छन्। उनीसहित असिम शाह राजनीतिक सल्लाहकार छन्। दुवैले मन्त्रीसरहको तलब तथा सुविधा पाउने व्यवस्था गरिएको विवरणमा उल्लेख छ।

त्यस्तै, अवैतनिक स्वास्थ्य सल्लाहकार प्रा.डा. जगदिशप्रसाद अग्रवाललाई पनि मन्त्रीसरहको सेवा सुविधा दिइएको छ। सुदिप ढकाल नीति, प्रशासन तथा सुशासन सल्लाहकार र विवेक मिश्र सूचना तथा सञ्चार प्रविधि सल्लाहकारका रूपमा छन्। उनीहरूलाई राज्यमन्त्रीसरहको सुविधा दिइएको छ।

प्रधानमन्त्रीको स्वकीय सचिवालयको नेतृत्व प्रमुख स्वकीय सचिव सुवाष शर्माले गरेका छन्। उनी राजपत्रांकित विशिष्ट श्रेणीसरहको जिम्मेवारीमा छन्। नविन भण्डारी स्वकीय सचिवका रूपमा राजपत्रांकित प्रथम श्रेणीसरहको जिम्मेवारीमा रहेका छन्।

सहसचिव अर्थात् राजपत्रांकित प्रथम श्रेणीसरहको जिम्मेवारीमा सञ्जिव पाण्डे (विकास परियोजना), दिपा दाहाल (प्रेस तथा अनुसन्धान विज्ञ), सन्तोष गिरी (कार्यक्रम तथा भ्रमण संयोजक) र विश्व राई (विज्ञ–सामाजिक विकास) रहेका छन्।

त्यस्तै, उपसचिव अर्थात् राजपत्रांकित द्वितीय श्रेणीसरहको जिम्मेवारी प्रकृति ढकाल, विशाल अधिकारी र विनय शाक्यलाई दिइएको छ। सहायक विज्ञका रूपमा सुमन गौतम नागरिक उड्डयन तथा रवि किरण अधिकारी भाषा तथा मस्यौदा क्षेत्रमा कार्यरत छन्।

शाखा अधिकृत तथा अन्य प्राविधिक र प्रशासनिक तहमा सुरेन्द्र बजगाई (प्रेस सहजकर्ता), रोशन तामाङ्ग (ग्राफिक्स डिजाइन), बेदानन्द जोशी, हेम नारायणदास चौधरी (अनुसन्धान अधिकृत), अनुप थापा मगर, ऋषी थापा, अमृत पाण्डे (भिडियोग्राफर), राजकुमार गौतम र बेनिस कार्की रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार