Oct 06 2026 | २०८३, आश्विन २० गते

Oct 06 2026 | २०८३, आश्विन २० गते

वायुसेवा निगमको अवस्थादेखि बजार अनुगमनसम्म, आज पाँच संसदीय समितिमा छलफल

वायुसेवा निगमको अवस्थादेखि बजार अनुगमनसम्म, आज पाँच संसदीय समितिमा छलफल

नेपाल सम्वत् ११४६, यंलागाः ६, षष्ठी (१६ असोज २०८३, २ अक्टोबार, २०२६) शुक्रवार, बाँपिझ्याला । सङ्घीय संसद्का दुवै सदनअन्तर्गतका पाँच वटा विषयगत समितिको बैठक शुक्रबार बस्दै छन्। समितिका बैठकमा राष्ट्रिय महत्त्वका विषय, सरकारी निकायको अवस्था, बजार अनुगमन, बेरुजु तथा अन्तरसरकारी समन्वयलगायत विषयमा छलफल हुने कार्यसूची तय गरिएको छ।

प्रतिनिधिसभाअन्तर्गत बिहान ९ बजे अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्नेछ। बैठकमा नेपाल वायुसेवा निगमको वर्तमान अवस्था, समस्या तथा चुनौतीबारे छलफल गरिनेछ।

सोही समयमा सार्वजनिक लेखा समितिको बैठक पनि बस्नेछ। बैठकमा बेरुजु छलफल उपसमितिको हालसम्मको कार्यप्रगति तथा स्थलगत निरीक्षणसम्बन्धी प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको छ।

यस्तै, राष्ट्रिय सभाअन्तर्गत बिहान १०ः३० बजे विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्नेछ। बैठकमा दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति व्यवस्थापन तथा बजार अनुगमनसम्बन्धी विषयमा छलफल हुनेछ।

बिहान ११ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्नेछ। उक्त बैठकमा आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदनको मस्यौदामाथि छलफल गरिनेछ।

सोही समयमा सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि बस्नेछ। बैठकमा कर्णाली प्रदेश सभाको अर्थ तथा प्राकृतिक स्रोत समितिसँग अन्तरसरकार समन्वयका विषयमा छलफल हुने कार्यसूची रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार