नेपाल सम्वत् ११४६, यंलाथ्वः १३, त्रयोदशी (८ असोज २०८३, २४ सेप्टेम्वर, २०२६) बिहीबार, बाँपिझ्याला । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोलखाबाट पत्रकार तथा सामाजिक अभियन्ता गोकर्णप्रसाद भण्डारीले खस आर्यतर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिने भएका छन्।
कालिञ्चोक गाउँपालिका–६ लापिलाङबाट क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन भएका भण्डारी यसअघि कांग्रेसको १४औँ महाधिवेशनमा पनि खस आर्यतर्फ महाधिवेशन प्रतिनिधिका उम्मेदवार बनेका थिए। त्यसबेला उनी थोरै मतले पराजित भएका थिए।
कम्युनिस्टहरूको प्रभाव रहेको लापिलाङबाट कांग्रेस राजनीतिमा सक्रिय भण्डारी लामो समयदेखि पत्रकारिता, सामाजिक अभियान तथा पार्टी संगठनमा क्रियाशील छन्। जिल्लामा उनी पत्रकारसँगै सामाजिक अभियन्ताका रूपमा समेत परिचित छन्।
सानैदेखि नेपाल विद्यार्थी संघको राजनीतिमा जोडिएका भण्डारी नेपाल विद्यार्थी संघ लापिलाङ माध्यमिक विद्यालयका इकाई अध्यक्ष, गौरीशंकर बहुमुखी क्याम्पस चरिकोटका इकाई अध्यक्ष, ट्रेड युनियन कांग्रेस दोलखाका सचिव तथा प्रेस युनियन दोलखाका कार्यवाहक अध्यक्ष भइसकेका छन्।
पत्रकारितासँगै सामाजिक क्षेत्रमा सक्रिय भण्डारीले दुर्गम क्षेत्रका विद्यार्थी तथा विपन्न परिवारलाई सहयोग जुटाउने अभियानमा समेत भूमिका निर्वाह गर्दै आएका छन्। कालिञ्चोक गाउँपालिका–६ स्थित गुर्जपा आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री तथा विद्यालय पोशाक सहयोग जुटाउने अभियानमा उनको पहल रहेको थियो। सामाजिक क्षेत्रमा योगदान पुर्याएको भन्दै विद्यालयले उनलाई सम्मानसमेत गरेको थियो।
यसअघि विपन्न थामी परिवारका बालबालिकाको सहयोगका लागि पनि भण्डारीले सार्वजनिक रूपमा सहयोगको अपिल गर्दै सहयोग संकलनमा पहल गरेका थिए। सामाजिक सरोकार, विकास तथा सार्वजनिक चासोका विषयमा निरन्तर कलम चलाउँदै आएका उनका सामग्री विभिन्न राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित हुँदै आएका छन्।
लामो समयको पत्रकारिता, विद्यार्थी तथा श्रमिक संगठनको अनुभव र सामाजिक गतिविधिमा आफ्नो सक्रियतालाई आधार बनाउँदै भण्डारीले कांग्रेसको १५औँ महाधिवेशनमा खस आर्यतर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधिका रूपमा उम्मेदवारी दिन लागेका हुन्।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij