Oct 06 2026 | २०८३, आश्विन २० गते

Oct 06 2026 | २०८३, आश्विन २० गते

साना तथा मध्यम व्यवसायलाई लक्षित गर्दै वर्ल्डलिंकको ‘विज २४’ सेवा

साना तथा मध्यम व्यवसायलाई लक्षित गर्दै वर्ल्डलिंकको ‘विज २४’ सेवा

नेपाल सम्वत् ११४६, गुंल्लागाः १४, चतुर्दशी (२५ भाद्र २०८३, १० सेप्टेम्वर, २०२६) बिहीबार, बाँपिझ्याला । नेपालको इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्सले साना तथा मध्यम व्यवसायलाई लक्षित गर्दै ‘विज २४’ नामक व्यवस्थापित वाइफाई सेवा सञ्चालनमा ल्याएको छ।

कम्पनीका अनुसार साना तथा मध्यम व्यवसायका सञ्चालकसँगको प्रत्यक्ष संवाद र विभिन्न क्षेत्रमा गरिएको परीक्षणका आधारमा ‘विज २४’ सेवा तयार गरिएको हो।

यस सेवामार्फत व्यवसायिक परिसरमा वाइफाईको पहुँच विस्तार गर्नुका साथै क्लाउड प्रविधिबाट सम्पूर्ण वाइफाई सञ्जाल व्यवस्थापन गर्न सकिने कम्पनीले जनाएको छ। ग्राहकका समस्या समाधानका लागि प्राथमिकता सहयोग सेवासमेत उपलब्ध गराइएको छ।

वर्ल्डलिंकका बिक्री प्रबन्धक सतीश कृष्ण राजभण्डारीका अनुसार धेरै साना तथा मध्यम व्यवसाय अझै पनि घरायसी प्रयोजनका लागि प्रयोग हुने इन्टरनेट सेवामा निर्भर छन्।

यसका कारण कार्यालय वा व्यवसायिक परिसरका कतिपय स्थानमा वाइफाई नपुग्ने, व्यवसाय सञ्चालनका क्रममा इन्टरनेटमा समस्या आउने तथा सञ्जालको अवस्थाबारे पर्याप्त जानकारी नहुनेजस्ता समस्या देखिने गरेको उनले बताए।

‘यिनै चुनौतीहरूको समाधानका रूपमा विज २४ ल्याइएको हो,’ राजभण्डारीले भने।

कम्पनीका अनुसार क्लिनिक, रेस्टुरेन्ट, साना तथा मध्यम आकारका मार्ट, स्टुडियो, सहकार्य कार्यालयलगायतका व्यवसायलाई ध्यानमा राखेर सेवा तयार गरिएको हो।

‘विज २४’का मुख्य सुविधा

कार्यस्थलभरि व्यवस्थापित वाइफाई

व्यवसायिक परिसरको क्षेत्रफल, भौतिक संरचना र आवश्यकताका आधारमा वाइफाई सञ्जालको योजना तथा आवश्यक सुझाव उपलब्ध गराइने कम्पनीले जनाएको छ। एउटै राउटरमा निर्भर नरही आवश्यकताअनुसार सञ्जाल विस्तार गर्न सकिनेछ।

प्राथमिकता सहयोग

‘विज २४’ प्रयोग गर्ने ग्राहकलाई प्राथमिकताका आधारमा प्राविधिक सहयोग उपलब्ध गराइने कम्पनीले जनाएको छ। यसका लागि ०१–५९७००४० मा सम्पर्क गर्न सकिनेछ।

सञ्जाल विस्तार तथा सार्वजनिक स्थिर आईपी

व्यवसायको आवश्यकता बढ्दै जाँदा ‘विज २४’मार्फत वाइफाई सञ्जाल विस्तार गर्न सकिने सुविधा रहेको कम्पनीले जनाएको छ।

यसका साथै सेवामा सार्वजनिक स्थिर आईपी उपलब्ध हुनेछ। स्थिर आईपीलाई सीसीटीभी, विभिन्न सफ्टवेयर तथा अन्य सूचना प्रविधिसम्बन्धी सेवा सञ्चालनमा प्रयोग गर्न सकिने कम्पनीको भनाइ छ।

तीन तहमा सेवा

‘विज २४’ सेवा ‘राइज’, ‘ग्रो’ र ‘प्रो’ गरी तीन तहमा उपलब्ध हुनेछ। यी योजनाअन्तर्गत २०० एमबीपीएसदेखि १ जीबीपीएससम्मको इन्टरनेट जडान उपलब्ध हुने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार ‘विज २४’को वार्षिक शुल्क ३० हजार रुपैयाँबाट सुरु हुनेछ। उक्त शुल्कमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर समावेश गरिएको छैन।

‘विज २४’अन्तर्गत व्यवसायिक स्तरको राउटर, सार्वजनिक स्थिर आईपी र प्राथमिकता सहयोग सेवा समावेश गरिएको छ। नयाँ तथा सेवा नवीकरण गर्ने ग्राहकका लागि यो सेवा देशभर उपलब्ध रहेको कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार