नेपाल सम्वत् ११४६, दिल्लागाः १० दशमी (२३ साउन, २०८३, ८ अगष्ठ २०२६) शनिवार, बाँपिझ्याला । सिंहदरबारस्थित गृहमन्त्रीको कार्यकक्षमा सुरक्षा ब्रिफिङका फाइल, ज्ञापनपत्र र छलफलका नोटसँगै माटोको एउटा सानो हन्डी पनि राखिएको छ। झट्ट हेर्दा सामान्य सजावटजस्तो देखिने यो हन्डी गृहमन्त्री सुधन गुरुङका लागि भने विशेष अर्थ बोकेको चिनो हो। सीमान्त गाउँ सुस्ताबाट ल्याइएको उक्त हन्डीले सीमावासीको पीडा र राष्ट्रिय सीमासँग जोडिएका संवेदनशील सवाललाई आफूलाई निरन्तर सम्झाइरहने उहाँ बताउनुहुन्छ।
“गृहमन्त्री रहुञ्जेल यो पनि यहीं रहन्छ,” गुरुङ भन्नुहुन्छ। उहाँका लागि यो हन्डी एउटा सामान्य वस्तु नभई सीमा क्षेत्रका नागरिकले भोगिरहेको समस्या र राष्ट्रिय सुरक्षाप्रतिको जिम्मेवारीको प्रतीक बनेको छ।
सीमा सुरक्षा, सीमावासीका समस्या, देशको आन्तरिक सुरक्षा, धार्मिक तनाव, प्रहरी सुधार, दंगा नियन्त्रणदेखि पछिल्ला विवाद र आलोचनासम्मका विषयमा गृहमन्त्री गुरुङले विशेष कुराकानीका क्रममा आफ्नो धारणा राख्नुभएको छ।
पछिल्लो समय तराईमा देखिएको तनाव समाधान गर्न सरकारले ढिलाइ गरेको र सुरुवातमै प्रहरी परिचालन गरी बल प्रयोगको रणनीति अपनाएको भन्दै सरकारको आलोचना भएको थियो। यसबारे गृहमन्त्री गुरुङ भने उक्त घटना सरकारविरुद्ध भएको आन्दोलन नभएको बताउनुहुन्छ।
उहाँका अनुसार तराईमा भएको घटना विगतमा हुने गरेका झडपहरूमध्येकै अर्को एउटा घटना थियो। तर यसपटक दुवै पक्ष अत्यन्त आक्रामक बनेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हस्तक्षेप गर्नुपरेको उहाँको भनाइ छ।
घटनाका क्रममा एक प्रहरी निरीक्षकको टाउकोमा चिर्पट प्रहार भएको र उपचारका क्रममा छ वटा टाँका लगाउनुपर्ने अवस्था आएको गुरुङले बताउनुभयो।
उहाँले घटनालाई सरकारविरुद्धको राजनीतिक आन्दोलनभन्दा पनि दुई पक्षबीच भएको गम्भीर झडपका रूपमा व्याख्या गर्नुभएको छ। यद्यपि, तराईको तनाव, सीमा क्षेत्रका समस्या र सुरक्षा चुनौतीलाई दीर्घकालीन रूपमा सम्बोधन गर्न संवाद, समन्वय र प्रभावकारी सुरक्षा व्यवस्थापन आवश्यक रहेको देखिन्छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij