नेपाल सम्वत् ११४६, तछलागाः १० एकादशी (२६ अषाढ, २०८३, १० जुलाई, २०२६) शुक्रबार, बाँपिझ्याला । लगातार पाँच दिनसम्म ओरालो लागेको नेपाली बजारमा सुनको मूल्य आज फेरि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ हजार ७ सय रुपैयाँले वृद्धि भई २ लाख ८७ हजार ४ सय रुपैयाँ कायम भएको छ।
यसअघि बिहीबार सुनको मूल्य तोलामा २ हजार ४ सय रुपैयाँले घटेर २ लाख ८४ हजार ७ सय रुपैयाँमा झरेको थियो। त्यसअघि पनि आइतबारदेखि बुधबारसम्म क्रमशः ४ सय, ९ सय, १४ सय र ९ सय रुपैयाँले घट्दै गएको थियो। यसरी लगातार पाँच दिनमा सुनको मूल्य कुल ६ हजार रुपैयाँले घटेपछि आज पुनः बढेको हो।
यद्यपि गत साताको बिहीबार र शुक्रबार भने सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको थियो। ती दुई दिनमै सुन तोलामा १२ हजार ४ सय रुपैयाँले महँगिएको थियो।
यस्तै, चाँदीको मूल्य पनि आज बढेको छ। महासंघका अनुसार चाँदीको मूल्य तोलामा १७० रुपैयाँले बढेर ४ हजार ५ सय १० रुपैयाँ पुगेको छ। बिहीबार चाँदीको मूल्य १६० रुपैयाँले घटेर ४ हजार ३ सय ४० रुपैयाँमा झरेको थियो।
महासंघका तथ्यांकअनुसार नेपाली बजारमा सुनको हालसम्मकै उच्च मूल्य गएको माघ १५ गते कायम भएको थियो। त्यस दिन सुन तोलाको ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो। त्यस्तै, चाँदीको सबैभन्दा उच्च मूल्य पनि सोही दिन तोलाको ७ हजार ५ सय ५ रुपैयाँ पुगेको थियो। अर्कोतर्फ, गएको माघ १८ गते चाँदीको मूल्य एकै दिन तोलामा १ हजार ५ सय ६५ रुपैयाँले घटेको थियो, जुन हालसम्मकै सबैभन्दा ठूलो दैनिक गिरावट मानिन्छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij