Oct 06 2026 | २०८३, आश्विन २० गते

Oct 06 2026 | २०८३, आश्विन २० गते

दोलखामा भीरबाट लड्दा हाइड्रोपावरका कर्मचारीको मृत्यु

दोलखामा भीरबाट लड्दा हाइड्रोपावरका कर्मचारीको मृत्यु

नेपाल सम्वत् ११४६, अनलागाः ३ तृर्तिया (२० जेष्ठ, २०८३, ३ जुन, २०२६) बुधबार, बाँपिझ्याला । दोलखाको गौरीशंकर गाउँपालिका–७ कोप्लाङस्थित ग्रिन लाइफ हाइड्रोपावरमा कार्यरत २७ वर्षीय निमराज केसीको भीरबाट लडेर मृत्यु भएको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ सिङ्गटीस्थित सशस्त्र प्रहरी बलको टोली उद्धारका लागि घटनास्थल पुगेको थियो। सशस्त्र प्रहरी नायब निरीक्षक शेखर कार्कीको नेतृत्वमा खटिएको टोलीले भीरको करिब ७०० मिटर तलबाट केसीको शव उद्धार गरेको जनाएको छ।

सशस्त्र प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि मृतकको शव आफन्तलाई जिम्मा लगाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार