Oct 07 2026 | २०८३, आश्विन २१ गते

Oct 07 2026 | २०८३, आश्विन २१ गते

भोली जेठ १५ गते संयुक्त बैठकमा बजेट प्रस्तुत हुने

भोली जेठ १५ गते संयुक्त बैठकमा बजेट प्रस्तुत हुने

नेपाल सम्वत् ११४६, अनलाथ्वः १२ द्वादसी (१४ जेष्ठ, २०८३, २८ मे, २०२६) बिहीबार, बाँपिझ्याला । सङ्घीय संसद्को संयुक्त बैठक आगामी जेठ १५ गते शुक्रबार अपराह्न ४ बजे बस्ने भएको छ ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा सभामुख डोलप्रसाद अर्याल ले उक्त दिन बस्ने संयुक्त बैठकका लागि दिउँसो ३:४५ बजेभित्र प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरू उपस्थित भइसक्न अनुरोध गर्नुभएको हो ।

नेपालको संविधान जारी भएपछि हरेक वर्ष जेठ १५ गते दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्था गरिएको छ । गणतन्त्र दिवसकै अवसर पारेर बजेट प्रस्तुत गर्ने परम्परा कायम रहँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार