Oct 06 2026 | २०८३, आश्विन २० गते

Oct 06 2026 | २०८३, आश्विन २० गते

लहानमा नक्कली डेन्टल क्लिनिकको अनुगमन

लहानमा नक्कली डेन्टल क्लिनिकको अनुगमन

नेपाल सम्वत् ११४६, चिल्लागाः ९ अष्ठमी (२८ फागुण, २०८२, १२ मार्च, २०२६) बिहीबार, बाँपिझ्याला । सिरहाको लहानमा सञ्चालित केही डेन्टल क्लिनिकहरूमा गैर-चिकित्सकबाट उपचार भइरहेको तथ्य फेला परेपछि नेपाल मेडिकल काउन्सिलले आकस्मिक अनुगमन गरेको छ। अनुगमनका क्रममा विशेषज्ञ चिकित्सकको नाम बोर्डमा राखिए पनि वास्तविक उपचार सहायक वा गैर-योग्य व्यक्तिले गरिरहेको भेटिएको हो।

नेपाल मेडिकल काउन्सिलको व्यवसायिक आचरण तथा स्वास्थ्य समितिका संयोजक डा. अजय कुमार साहको नेतृत्वमा टोली लहान–३ को अस्पताल चोक क्षेत्रमा पुगेको थियो। टोलीले विभिन्न डेन्टल क्लिनिकहरूको आकस्मिक निरीक्षण गरेको हो। अनुगमन टोलीमा विशेषज्ञका रूपमा डा. राजिव शर्मा र डा. सुमन कर्ण समेत सहभागी थिए।

अनुगमनका क्रममा धेरै गम्भीर लापरबाही भेटिएको काउन्सिलले जनाएको छ।

मुख्य तथ्यहरू:

  • क्लिनिकको बोर्डमा विशेषज्ञ चिकित्सकको नाम राखिएको थियो।

  • तर भित्र गैर-चिकित्सक वा सहायकले बिरामीको उपचार गरिरहेका थिए।

  • केही ठाउँमा डेन्टल हाइजेनिस्ट (करिब २.५ वर्षको अध्ययन) गरेका व्यक्तिहरूले नै उपचार गरिरहेका थिए।

  • कतिपय क्लिनिकमा अन्य चिकित्सकको नाम र हस्ताक्षर दुरुपयोग गरिएको पाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार