Oct 06 2026 | २०८३, आश्विन २० गते

Oct 06 2026 | २०८३, आश्विन २० गते

नेपालमा पछिल्लो एक दशकमा सूचना तथा प्रविधिको पहुँच उल्लेख्य रूपमा विस्तार

नेपालमा पछिल्लो एक दशकमा सूचना तथा प्रविधिको पहुँच उल्लेख्य रूपमा विस्तार

नेपाल सम्वत् ११४६, सिल्लागाः १२, त्रयोदशी (३ फागुण, २०८२, १५ फ्रेब्रुअरी, २०२६) आईतबार, बाँपिझ्याला । नेपालमा पछिल्लो एक दशकमा सूचना तथा प्रविधिको पहुँच उल्लेख्य रूपमा विस्तार भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालय द्वारा सार्वजनिक बहुसूचक सर्वेक्षणअनुसार मोबाइल फोन, इन्टरनेट र विद्युत् सेवामा नागरिकको पहुँच उल्लेखनीय रूपमा बढेको छ, जसले मानवीय विकास र जीवनस्तरमा सकारात्मक प्रभाव पारेको देखिन्छ।

सर्वेक्षणअनुसार १५–४९ वर्ष उमेर समूहका ९०.४ प्रतिशत पुरुष र ८१.६ प्रतिशत महिलासँग आफ्नै मोबाइल फोन रहेको छ भने गत तीन महिनामा क्रमशः ७८।७ प्रतिशत पुरुष र ७२.७ प्रतिशत महिलाले मोबाइल प्रयोग गरेका छन्। घरपरिवारमध्ये ९६.७ प्रतिशतमा विद्युत् सेवा र ९५.५ प्रतिशतमा टेलिफोन तथा मोबाइल सेवाको पहुँच पुगेको छ भने ८२ प्रतिशत परिवारले इन्टरनेट सुविधासहितका उपकरण प्रयोग गरिरहेका छन्।

त्रिभुवन विश्वविद्यालय का समाजशास्त्र उपप्राध्यापक सुमन्त घिमिरेका अनुसार सूचना प्रविधिको क्षेत्रमा पछिल्लो दशक नेपालीका लागि “स्वर्णिम युग” सावित भएको छ। उहाँले अबको प्राथमिकता प्रविधिसँगै रोजगारी सिर्जना र औद्योगिक विकासतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो।

यसैबीच, खानेपानी र सरसफाइतर्फ पनि उल्लेखनीय सुधार देखिएको छ। कुल जनसङ्ख्याको ९८.२ प्रतिशतले सुधारिएको पानीको स्रोत प्रयोग गरिरहेका छन् भने ९२.२ प्रतिशतले सुधारिएको चर्पी प्रयोग गर्दै आएका छन्। साथै, ८६.४ प्रतिशत घरपरिवारमा हात धुने निर्दिष्ट स्थानमा साबुनपानीको व्यवस्था रहेको पाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार