Oct 06 2026 | २०८३, आश्विन २० गते

Oct 06 2026 | २०८३, आश्विन २० गते

प्रतिनिधी सभा निर्वाचन साठ्ठी प्रतिशत कार्य सम्पन्न, फागुण १२ सम्म जिल्लामा मतपत्र

प्रतिनिधी सभा निर्वाचन साठ्ठी प्रतिशत कार्य सम्पन्न, फागुण १२ सम्म जिल्लामा मतपत्र

नेपाल सम्वत् ११४६, कछलागाः ३, तृर्तिया (२२ कार्तिक, २०८२, ८ नोभेम्वर, २०२५) शनिवार, बाँपिझ्याला । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनको प्रक्रियागत काममध्ये आयोगले ६० प्रतिशत पूरा गरिसकेको बताउनुभएको छ । राष्ट्रिय सभाको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा कार्यवाहक प्रमुख आयुक्त भण्डारीले प्रतिनिधि सभा पुनःस्थापना वा चुनाव भनेर रुमल्लिनुपर्ने अवस्था अहिले नभएको बताउनुभयो । 

२०७७ को विघटनपछिको चुनावमा अदालतलको आदेश कुरेको स्मरण गराउँदै उहाँले अहिले फरक परिस्थितिमा विघटन भएकाले आयोगले तयारीमा कुनै अलमल नगरेको बताउनुभएको हो । चुनावको तयारीबारे समितिले  गरेको छलफलमा भण्डारीले नेपालका हरेक आन्दोलनले संविधान प्रतिस्थापन गरे पनि अहिले संविधान यथावत् रहेको बताउनुभयो । संविधानको संरक्षकका हैसियतले राष्ट्रपतिले सरकार निर्माण र चुनावको मिति तोकेको स्मरण गराउँदै भण्डारीले शासकीय प्रबन्ध लिकमा ल्याउन चुनाव सर्वोत्तम विकल्प भएको बताउनुभएको हो । 

समितिमा कार्यवाहक प्रमुख आयुक्त भण्डारीले भन्नुभयो, “अहिले संविधान अनुसार प्रतिनिधि सभा विघटन भएको होइन । अहिले र यसअघिको विघटन फरक हो । यस अनुसार घोषणा भएको निर्वाचनको तयारी हाम्रो दायित्व हो । हामी चुनाव गराउन तयार छौँ । हामी तयारीमा छौँ ।”

निर्वाचन आयोगमा दर्ता रहेका र विभिन्न तहहरूमा प्रतिनिधित्व गरेका २९ राजनीतिक दलसँग परामर्श भइसकेको उहाँको भनाइ थियो । राजनीतिक परामर्शका क्रममा कुनै पनि दलले निर्वाचन अस्वीकार नगरेपछि केही पूर्वसर्त भने रहेको बताउनुभयो । उहाँले राजनीतिक रूपमा चुनावको वातावरण र शान्ति सुरक्षामा दलहरूको चासो रहेको पनि समितिमा बताउनुभयो । 

नयाँ र पुराना शक्तिलाई सन्तुलनमा राखी निषेधको अवस्थाको अन्त्यले राजनीतिक रूपमा चुनावको वातावरण बनाउने भण्डारीको भनाइ थियो । सुरक्षा निकायसमेत चुनावका लागि तयार रहेको उहाँले बताउनुभयो । निर्वाचनका लागि आवश्यक पर्ने सामग्री पहिचान भइसकेको पनि उहाँले बताउनुभयो । ७९ प्रकारका सामानमध्ये १०–१२ बाहेक अन्य स्वदेशी सामान उपयोग हुने पनि उहाँले बताउनुभयो । 

‘कानुन अभाव छ’

भण्डारीले विदेशमा बस्ने नेपालीलाई मतदानमा सहभागी गराउने प्रक्रियाका लागि कानुनसमेत अभाव रहेको बताउनुभयो । सर्वोच्च अदालतले १० वर्षभन्दा पहिले नै सरकारलाई कानुन बनाउन आदेश जारी गरे पनि कानुन तर्जुमा र व्यावहारिक रूपमा अध्ययनको काम नभएको उहाँले बताउनुभयो । विदेशमा रहेका नागरिकलाई मतदानमा सहभागी गराउने विषयमा हालै गृह मन्त्रालयले विधेयक मसौदा तयार पारी सुझावका लागि आयोगमा पठाएको र त्यसमा धारणा दिइसकेको उहाँको भनाइ थियो । विदेशमा रहेका नागरिकलाई मतदानका लागि सरकारले कानुन बनाएर दिएमा कार्यान्वयन गर्न तयार रहेको भण्डारीको भनाइ थियो । 

उहाँले भन्नुभयो, “अहिले गृहले विधेयकको मसौदा तयारी गरेको छ । १७० भन्दा बढी देशमा हाम्रा नागरिक रहेको अनुमान छ । ती देशमा मत सङ्कलन कसरी गर्ने रु हाम्रो देशको ३८–३९ देशमा मात्र कूटनीतिक सम्बन्ध छ । यो विषयमा हामी १०–१२ वर्षदेखि लागिरहेका छौँ । यो आयोगको काबुभित्रको काम होइन ।” उहाँले पछिल्लो पटकको नामावली सङ्कलनमा एक लाख २४ हजार थप भएको बताउनुभयो । नियमित रूपमा नाम दर्ताको व्यवस्था भइरहेको अवस्थामा अहिलेको थप सङ्ख्यालाई उत्साहजनक रूपमा लिइएको उहाँको भनाइ थियो । 

फागुन १२ भित्र जिल्लामा मतपत्र

आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले प्रतिनिधि सभा निर्वाचन र आन्तरिक कार्यतालिकाबारे समितिमा जानकारी दिनुभयो । प्रस्तावित कार्यतालिका अनुसार फागुन २१ को निर्वाचन प्रयोजनका लागि मङ्सिर १ गतेदेखि १० गतेसम्म दल दर्ता हुने छन् । 

समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय मङ्सिर १५ गते स्थापना हुने छ । यस्तै मतदानस्थल र मतदान केन्द्रको निर्धारण र सूचना प्रकाशन पुस १५ मा हुने प्रस्ताव गरिएको छ । पुस १८ र १९ मा समानुपातिकको उम्मेदवारको बन्दसूची पेसको कार्यक्रम प्रस्तावित छ । प्रत्यक्षतर्फको निर्वाचन अधिकृतको कार्यालयको स्थापना माघ २ गते गर्ने प्रस्ताव गरिएको छ । निर्वाचनको प्रचार अवधि फागुन ४ देखि १८ गतेसम्मका लागि प्रस्तावित छ । यस्तै मतपत्र फागुन १२ गतेभित्र जिल्ला जिल्लामा पु¥याउने प्रस्ताव गरिएको छ । प्रत्यक्षतर्फको उम्मेदवार मनोनयनको व्यवस्था भने हाल प्रस्ताव गरिएको छैन । 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार