बाँपीझ्याला, बलिउड अभिनेत्री अनुष्का शर्माले केही महिना पहिला आफू गर्भवति भएको र जनवरीमा सन्तान जन्माउन लागको खबर सार्वजनिक गरेकी थिइन्। हिजो आज अनुष्का श्रीमानको मद्दत लिएर गर्भावस्थालाई स्वस्थ बनाउनको लागि योगा गरिरहेकी छन्। अनुष्काले विराटको सहयोगमा शिर्षासन गरेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भईरहेको छ।
यसरी गर्भावस्थामा योगा गर्ने अभिनेत्री अनुष्का मात्र हैनन्। यो भन्दा अगाडि करिना कपूर खान, शिल्पा सेट्टीले पनि गर्भावस्थामा योगा गरेका छन्। ४ वर्षको अन्तरालमा दुई पल्ट आमा बन्न लागेकी करीना कपूर खान गर्भवति भएको खबर गर्नुभन्दा दुई दिन अगाडि वर्कआउट गरेको तस्बिर सामाजिक सञ्जालमा देखिएको थियो।

यस्तै एक दिवाना था, सिङ इज किङ जस्ता चलचित्रमा काम गरेकी एकमी ज्याक्सनले २३ सेप्टेम्बर सन् २०१९ मा सन्तानलाई जन्म दिइन्। उनले गर्भावस्थाको समयमा पनि शारीरिक अभ्यास छोडिनन्। उनले गर्भावस्थामा योगा गरेको तस्बिर साझा गरेकी थिइन्। उनले गर्भावस्थामा मन, दिमाग र शरीरलाई स्वस्थ राख्नको लागि योगा धेरै जरुरी रहेको बताएकी थिइन्।
यस्तै अभिनेत्री सोहा अलि खान पनि गर्भावस्थामा योगा गरिरहेको तस्बिर सार्वजनिक भएपछि चर्चामा आएकी थिइन्। उनको यो कदमलाई कतिले साहासी भने त कतिले आलोचना गरे। उनले गर्भावस्थामा योगा गर्नाले स्वस्थ र दिमागलाई शान्त र तनाबमुक्त राख्ने बताएकी थिइन्।
सन् २०१२ मा दत्ताले छोरी सायरालाई जन्म दिइन्। उनले पनि गर्भावस्थाको समयमा आफूलाई स्वस्थ राख्न योगाको साहारा लिएकी थिइन्। उनले गर्भ रहेको ८ औँ महिनामा योगा गरेको तस्बिर र भिडियो साझा गरेकी थिइन।

यस्तै बलिउडमा सबैभन्दा फिट अभिनेत्रीको ट्याग पाएकी शिल्पा सेट्टी कुन्द्रा अरु समयमा पनि योगा गरेर धेरैलाई प्रेरणा दिइरहेकी हुन्छिन्। अभिनेत्रीले आफ्नो गर्भावस्थाको समयमा पनि नियमित रुपमा योगा गरेकी थिइन्। सन्तान जन्मेपछि बढेको तौललाई पनि उनले योगा गरेर नै घटाएकी हुन्।
बलिउडकी अर्की अभिनेत्री समीरा रेड्डीले सन् २०१९ मा दोस्रो पल्ट आमा बनिन्। उनले आफ्नो गर्भावस्थामा साझा गरेको तस्बिर र भिडियो पनि धेरैलाई प्रेरणाको स्रोत बन्यो। उनले आफूलाई फिट राख्नको लागि योगा गरेको सामाजिक सञ्जाल मार्फत जानकारी गराएकी थिइन।
सञ्चार माध्यममा उल्लेख भए अनुसार गर्भावस्थामा योगा गर्लाले तनाब र डर घटाउन मद्दत गर्छ।
योगाले ढाड दुख्ने समस्या घटाउँछ।
आफुजस्तै अभिभावक बन्न लागेको मानिसहरुसँग भेट हुन्छ, जसले राम्रो महशुस गराउँछ ।
योगाले निन्द्रा राम्रो गराउँछ।
योगाले स्वास फेर्ने तरिकाहरु सिकाउँछ।
याद गर्नुपर्ने कुरा के हो भने, गर्भावस्थामा योगा गर्दा संवेदनशील हुनु पर्छ। त्यसैले सम्बन्धित विज्ञको सल्लाह बिना योगा गर्नु हुँदैन। सहजपनको लागि गरिएको योगा अभ्यासले कहिलेकाँही जटिलता पनि ल्याउन सक्छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij