Oct 06 2026 | २०८३, आश्विन २० गते

Oct 06 2026 | २०८३, आश्विन २० गते

दोलखामा आज फुलपाती मनाउँर्दै

दोलखामा आज फुलपाती मनाउँर्दै

घटस्थापनाको सातौ दिन अथवा सप्तमीको दिन प्राचिन शहर दोलखाका नेवार समुदायहरुले धुमधामका साथ फुलपाती चाड मनाउँछन् । टोल टोलमा चाड मनाउन आ–आफ्नो घरमा दशैँ अवधि सम्म पुग्ने गरी मासु भित्र्याइन्छ । मासु भित्र्याउँदा पहिला पहिला मुल ढोका अगाडी विधिवत पूजा गरेर भित्र्याइन्थ्यो । तर आजभोली यो चलन हराइ सकेको छ । त्यस पछि नेवारी समाजका प्रन्येक घर–घरमा मासुका अनेक परिकारहरू बनाइ सबै परिवार जम्मा भएर रमाइलोका साथ भोज खाने परम्परा रही आएको छ ।

यसै दिनको शुभ साइतमा राजकुलेश्वर तलेजु मन्दिरमा फुलपाती भित्र्याउने गरिछ । फूलपाती भित्र्याउन राजकुल÷तलेजु मन्दिरबाट भीमेश्वर मन्दिरमा पुरोहित ब्राह्मण, गुठीयार, थाकती, नकिन बाजागाजा सहित आवस्यक पर्ने पूजा सामाग्रीहरू लिएर फूलपाती लिन आउँछन् ।

यसरी भीमेश्वर मन्दिरमा तयार गरी राखेको फूल–लावा, धानको वाला, अदुवाको बोट आदि राखिएको डोलीलाई बोक्न चार गुठीय खलक मध्ये अगाडी तिर बोक्न त्यस वर्षको भीमेश्वरको गुठी पालो पर्ने गुठीयार खलक, पछाडी बोक्ने आगामी वर्ष पालो पर्ने गुठीयार खलक, अगाडी केराको बोट बोक्ने तेस्रो वर्ष पालो पर्ने गुठीयार खलक, पछाडी केराको बोट बोक्ने चौथो वर्ष पालो पर्ने गुठीयार खलकहरू मध्ये एक÷एक जना हुन्छन् ।

ती समुहले फूलपाती बोकेर भीमेश्वर मन्दिर परिक्रमा गरेर दाफा भजन कृतन, वाजा गाजा, नगरा बजाई नकिन थाकली गुठीयार, माहाने, थरी गुठीयारको लावालस्करले तलेजु भवनी÷राजकुलेश्वर मन्दिर गएर फूलपाती विधिवत रुपमा भित्र्याइने चलन रहेको छ ।

संयोजन : भरतबहादुर श्रेष्ठ, अध्यक्ष, दोलखा भीमेश्वर गुठी व्यवस्थापन समिती

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार