नेपाल सम्वत् ११४६, यंलागाः ८, अष्ठमी (१८ असोज २०८३, ४ अक्टोबार, २०२६) आईतबार, बाँपिझ्याला । दशैंको अवसर पारेर काठमाडौंको बसुन्धारामा ‘दशैं बजार’ आयोजना गरिएको छ। वेभ हस्पिटालिटी, बसुन्धारा–३ मा आयोजित बजारमा स्थानीय बासिन्दा तथा शुभेच्छुकहरूको उल्लेख्य सहभागिता रहेको आयोजकले जनाएको छ।
वेभ हस्पिटालिटीका प्रबन्ध सञ्चालक रामजी प्रधानका अनुसार दशैंलाई थप रमाइलो र विशेष बनाउन मनोरञ्जनसँगै विभिन्न सामग्रीको प्रदर्शनी तथा बिक्रीका लागि दशैं बजार आयोजना गरिएको हो। असोज १७ गते शनिबार बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन भएको कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक गतिविधि तथा किनमेलका सामग्री समावेश गरिएको थियो।
दशैं बजारमा सांगीतिक कार्यक्रम, नृत्य प्रस्तुति, विभिन्न परिकारका फुड स्टल, फेसन काउन्सेलिङ, आलु टिक्की चाट तथा पानीपुरीलगायतका स्टल आकर्षणका रूपमा रहेका थिए।
त्यस्तै, बजारमा सौन्दर्य सामग्री, स्वास्थ्य तथा हाइजिन सामग्री, महिला पहिरन तथा विभिन्न प्रकारका कपडा, मिठाई तथा कन्फेक्सनरीलगायतका सामग्री प्रदर्शनी तथा बिक्रीका लागि राखिएको थियो।
प्रबन्ध सञ्चालक प्रधानले स्वादिष्ट परिकार, संगीत, नृत्य तथा मनोरञ्जनसँगै परिवार र साथीभाइसँग दशैंको किनमेल गर्ने अवसरका रूपमा दशैं बजार आयोजना गरिएको बताए। उनले वेभ हस्पिटालिटीबाट उपलब्ध सेवा तथा सुविधाबारे जानकारी लिन इच्छुकलाई एकपटक प्रत्यक्ष उपस्थित भएर अवलोकन गर्नसमेत आग्रह गरेका छन्।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij