Oct 08 2026 | २०८३, आश्विन २२ गते

Oct 08 2026 | २०८३, आश्विन २२ गते

साथीलागि साथीसमूहको ९औँ वार्षिक साधारणसभाबाट नयाँ कार्यसमिति चयन

साथीलागि साथीसमूहको ९औँ वार्षिक साधारणसभाबाट नयाँ कार्यसमिति चयन

नेपाल सम्वत् ११४६, यंलागाः ७, सप्तमी (१७ असोज २०८३, ३ अक्टोबार, २०२६) शनिवार, बाँपिझ्याला ।  साथीको लागि साथी समूहको ९औँ वार्षिक साधारणसभाले नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। साधारणसभाबाट ललिता श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो।

सर्वसम्मत चयन भएको नयाँ कार्यसमितिको अध्यक्षमा ललिता श्रेष्ठ, उपाध्यक्षमा लुना श्रेष्ठ, सचिवमा कलावती श्रेष्ठ र कोषाध्यक्षमा अमि मास्के चयन हुनुभएको छ।

त्यस्तै, सदस्यहरूमा रमिता महर्जन श्रेष्ठ, शारदा शिवाकोटी र बिन्दु खड्का चयन हुनुभएको छ।

नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई संस्थाका सदस्य तथा शुभेच्छुकहरूले बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। नयाँ नेतृत्वले संस्थालाई थप सशक्त, प्रभावकारी र उपलब्धिमूलक बनाउँदै अघि बढाउने विश्वाससमेत व्यक्त गरिएको छ।

साथी समूहले आगामी दिनमा संस्थागत गतिविधिलाई थप व्यवस्थित गर्दै सामाजिक क्षेत्रमा आफ्नो भूमिका अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार