नेपाल सम्वत् ११४६, यंलागाः १२, त्रयोदशी (२२ असोज २०८३, ८ अक्टोबार, २०२६) बिहीबार, बाँपिझ्याला । बलिउड तथा मराठी चलचित्रका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ। उनको बिहीबार बिहान गोवास्थित निवासमा हृदयाघातका कारण निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
नाना पाटेकरका छोरा मल्हार पाटेकरले उनको निधनको पुष्टि गरेका छन्। गोवाको डोना पाउलास्थित निवासमा बेहोस अवस्थामा भेटिएका उनलाई तत्काल मणिपाल अस्पताल लगिएको थियो। चिकित्सकहरूले करिब ४५ मिनेटसम्म उनलाई बचाउने प्रयास गरे पनि सफल हुन सकेन। बिहान करिब ५ः२० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
प्रारम्भिक विवरणअनुसार उनको मृत्यु गम्भीर हृदयाघातका कारण भएको बताइएको छ। मृत्युको कारण यकिन गर्न पोस्टमार्टम गरिने जनाइएको छ।
नाना पाटेकरको वास्तविक नाम विश्वनाथ पाटेकर थियो। सन् १९७८ मा ‘गमन’बाट चलचित्र क्षेत्रमा अभिनय यात्रा सुरु गरेका उनले हिन्दी तथा मराठी चलचित्रमा प्रभावशाली अभिनयमार्फत छुट्टै पहिचान बनाएका थिए। ‘परिन्दा’, ‘क्रान्तिवीर’, ‘अग्निसाक्षी’, ‘अब तक छप्पन’, ‘वेलकम’ र ‘नटसम्राट’ उनका चर्चित चलचित्र हुन्।
‘क्रान्तिवीर’का लागि उनले उत्कृष्ट अभिनेताको राष्ट्रिय चलचित्र पुरस्कार जितेका थिए भने ‘परिन्दा’ र ‘अग्निसाक्षी’का लागि उत्कृष्ट सहायक अभिनेताको राष्ट्रिय पुरस्कार प्राप्त गरेका थिए। सन् २०१३ मा भारत सरकारले उनलाई पद्मश्रीबाट सम्मान गरेको थियो।
नाना पाटेकरको निधनसँगै भारतीय चलचित्र क्षेत्रमा एक प्रभावशाली र बहुआयामिक कलाकार गुमाएको भन्दै शोक व्यक्त गरिएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij