Oct 08 2026 | २०८३, आश्विन २२ गते

Oct 08 2026 | २०८३, आश्विन २२ गते

फुलपा बोलेरो दुर्घटनाका घाइतेको उपचार र हेलिकप्टर खर्च नगरपालिकाले बेहोर्ने

फुलपा बोलेरो दुर्घटनाका घाइतेको उपचार र हेलिकप्टर खर्च नगरपालिकाले बेहोर्ने

भीमेश्वर नगरपालिका–२, फुलपास्थित कच्ची सडकखण्डमा असोज १६ गते शुक्रबार भएको बोलेरो दुर्घटनामा घाइते भएकाहरूको उपचार खर्च तथा हवाई उद्धारको खर्च नगरपालिकाले बेहोर्ने भएको छ।

दुर्घटनामा परी चरिकोटस्थित पशुपति चौलागाईं स्मृति अस्पतालमा उपचार गराइरहेका घाइतेहरूको सम्पूर्ण उपचार खर्च पशुपति चौलागाई स्मृति अस्पतालको सामाजिक सुरक्षा ईकाईले व्यहोर्ने र घाइतेमध्ये एक जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लैजाँदा लागेको रु. १ लाख हवाई उद्धार खर्च भीमेश्वर नगरपालीकाले व्यहोर्ने नगर उपप्रमुख कमला बस्नेतले बताउनु भयो ।

सोक्लाबाट चरिकोटतर्फ आउँदै गरेको बा.प्र. ०१–०३५ च ००२५ नम्बरको बोलेरो बिहान करिब ८ बजे फुलपामा आफैँ अनियन्त्रित भई सडकमा पल्टिँदा आठ जना घाइते भएका थिए। दुर्घटनापछि घाइतेहरूलाई तत्काल उद्धार गरी चरिकोटस्थित पशुपति चौलागाईं स्मृति अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो।

उपप्रमुख बस्नेतले घाइतेहरूको उपचारमा कुनै आर्थिक अभाव हुन नदिन नगरपालिकाले आवश्यक खर्च बेहोर्ने बताउनुभयो। दुर्घटनामा गम्भीर घाइते भएका एक जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाइएको थियो।

नगरपालिकाले गरेको उक्त निर्णयबाट दुर्घटनामा परी घाइते भएका तथा उनीहरूका परिवारलाई उपचार खर्चको आर्थिक भार कम हुनुका साथै आवश्यक उपचारमा सहजता पुग्ने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार