नेपाल सम्वत् ११४६, यंलागाः ६, षष्ठी (१६ असोज २०८३, २ अक्टोबार, २०२६) शुक्रवार, बाँपिझ्याला । दोलखाको भीमेश्वर नगरपालिका–२ राम्पामा स्थानीय महिलालाई सीपमूलक तथा आत्मनिर्भर बनाउने उद्देश्यले १० दिने हाते होजियारी तालिम सुरु भएको छ।
श्री त्रिपुरा सुन्दरी सामुदायिक सिकाइ केन्द्रको आयोजनामा बिहीबारदेखि तालिम सुरु भएको हो। खेतीपातीको काम सकिएर फुर्सदमा रहेका स्थानीय गृहिणी तथा अति सीमान्तकृत थामी समुदायका महिलालाई लक्षित गरी आयोजना गरिएको तालिममा १५ जना महिलाको सहभागिता रहेको छ।
तालिमको उद्घाटन कार्यक्रम सामुदायिक सिकाइ केन्द्रकी अध्यक्ष अनिता थामीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा भीमेश्वर नगरपालिका–२ का वडा सदस्य देवेन्द्र थामी प्रमुख अतिथि तथा सामाजिक अभियन्ता अजय प्रधान विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
कार्यक्रममा सिकाइ केन्द्रकी स्रोत व्यक्ति दिलमाया थामीले अतिथि तथा सहभागीलाई स्वागत गर्दै तालिमको उद्देश्य र आवश्यकताबारे जानकारी गराउनुभएको थियो।
विशेष अतिथि सामाजिक अभियन्ता अजय प्रधानले सामुदायिक सिकाइ केन्द्रको भूमिका र होजियारी तालिमको महत्त्वबारे प्रकाश पार्दै सिकेको सीपलाई भविष्यमा आयआर्जन तथा व्यावसायिक गतिविधिसँग जोड्नुपर्नेमा जोड दिनुभयो।
त्यसैगरी, प्रमुख अतिथि वडा सदस्य देवेन्द्र थामीले तालिमको सफलताको शुभकामना व्यक्त गर्दै तालिमबाट प्राप्त सीपलाई व्यवहारमा उतारेर आत्मनिर्भर बन्न सहभागी महिलालाई आग्रह गर्नुभयो।
उद्घाटन कार्यक्रममा जीवन विज्ञान योगका प्रशिक्षक कालिका पाण्डे र बिनु श्रेष्ठ तथा विद्यालयका शिक्षकहरूको समेत उपस्थिति रहेको थियो।
असोज २५ गतेसम्म सञ्चालन हुने तालिमको मुख्य प्रशिक्षक दुर्गा श्रेष्ठ हुनुहुन्छ। फुर्सदको समयलाई सीप सिकाइमा सदुपयोग गर्दै स्थानीय महिलालाई आयआर्जनसँग जोड्न तालिम महत्त्वपूर्ण हुने आयोजकको विश्वास छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij