
कार्यालय प्रमुखको कुर्सीमा उनलाई देखेर चकित हुँदै प्रदीप बोल्यो - "दीपशिखा, तिमी ?"
निवेदन हातमा लिएको मान्छेले बोलाउँदा अक्मकिँदै दीपशिखाले नियाली । "तिमी …. ? प्रदीप होइन ?"
"हो नि ! सन्चै छौ ? कत्ति वर्षमा भेटियो है ! मेरो सौभाग्य !" प्रदीपको अनुहारमा खुसी छायो ।
तर उनको पहिरन देखेर अँध्यारो अनुहार लाउँदै प्रश्नमाथि प्रश्न ओइर्यायो प्रदीपले - "कहाँ , कहिले बिहे गर्यौ नि ?" ।
"पाँच वर्ष भयो ।" उनले सहजै जवाफ दिइन् ।
"तर तिमी बिना सहारा हिँडेकी देख्छु त !" उसको अनुहारमा उत्सुकता देखियो ।
" मेरो परिवार नै मेरो दह्रो सहारा हो । मेरो पति सवलाङ्ग भएर पनि मलाई जीवन दिएका छन्। उनको साथ र साहस नै मेरो शक्ति हो । " दीपशिखा दृद्दताका साथ बोलिन् ।
थोरै सन्नाटा पछि दायाँ खुट्टाको पाइन्ट माथि सार्दै नक्कली खुट्टाको भाग देखाउँदै बोलिन् - "तिमी यहाँ आउनुको कारण चाहिँ सोध्नै पो बिर्सेछु ।"
दोलखा – हाल-काँडाघारी काठमाडौं
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij