-बालकृष्ण 'पासा'
जब तन यो दोलखामा होला
जब भूमि संस्कृतिमय होला,
जब पाटो सदाबहार होला,
जब माटोमा स्वच्छन्द होला !
यो मनमा त्यतिबेला आनन्द होला,
जब दोलखाको द्वाल्खा नरोला !
यो मन त्यति खेर अति प्रसन्न होला,
डलर देख्ने आँखाले धरातल देख्ला,
विदेश पलायनवालाले पाइलो टेक्ला,
प्रतिस्पर्धीहरूले घमण्डीपन छोड्ला,
ओँठमा मुस्कान त्यतिबेला होला,
जब दोलखाको द्वाल्खा नरोला !
भरियाले धर्तिको मर्म जब सुन्ला,
कर्मीले बाँझोको अस्तित्व बुझ्ला,
यही धर्ती हरभराको सपना बुन्ला,
अनि विकासले शिखर नि चुम्ला !
हृदय गदगद त त्यतिबेला होला,
जब दोलखाको द्वाल्खा नरोला !
कालिज, मुनालको रक्षा जब गर्ला,
लालीगुराँस चिमालमा आँखा पर्ला,
आफ्नै परिश्रमले खोला नदि तर्ला,
सक्कली बिउहरू ती फाँटमा छर्ला !
अनिमात्र मनभित्र पीडा नहोला,
जब दोलखाको द्वाल्खा नरोला !
…………………………………………
भीनपा -२, द्वाल्खा,
हाल, काठमाडौं
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij