Oct 09 2026 | २०८३, आश्विन २३ गते

Oct 09 2026 | २०८३, आश्विन २३ गते

कांग्रेसको केन्द्रीय कार्यसमिति निर्वाचन असोज २३ बिहान ७ बजेदेखि

कांग्रेसको केन्द्रीय कार्यसमिति निर्वाचन असोज २३ बिहान ७ बजेदेखि

नेपाल सम्वत् ११४६, यंलागाः १२, त्रयोदशी (२२ असोज २०८३, ८ अक्टोबार, २०२६) बिहीबार, बाँपिझ्याला । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि हुने मतदानको समय पुनः सरेको छ। मतपत्र छपाइमा ढिलाइ भएपछि निर्धारित समयमा निर्वाचन प्रक्रिया सुरु गर्न नसकिएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

निर्वाचन समितिका अनुसार अब असोज २३ गते बिहान ७ बजेदेखि मतदान सुरु हुनेछ। ज्येष्ठ मतदाताबाट मतदान प्रक्रिया प्रारम्भ गरी दिउँसो ३ बजेसम्म मतदान सम्पन्न गर्ने गरी नयाँ समय निर्धारण गरिएको छ।

यसअघि रातिको समयमा नै मतदान प्रक्रिया अघि बढाउने तयारी गरिएको भए पनि विभिन्न पक्षबाट प्राप्त सुझाव तथा सम्भावित प्रतिकूल मौसमलाई समेत ध्यानमा राख्दै मतदानको समय परिवर्तन गरिएको निर्वाचन समितिले जनाएको छ।

निर्वाचन समितिले जारी गरेको सूचनामा रातभर लगाएर निर्वाचन गराउनु उपयुक्त नहुने सुझाव प्राप्त भएको उल्लेख गर्दै बिहानको समयमा मतदान सुरु गर्नु उचित हुने निष्कर्षमा पुगेको जनाएको छ।

पार्टी नेतृत्वले तत्काल निर्वाचन प्रक्रिया अघि बढाउन आग्रह गरे पनि मतदाता, प्रतिनिधि तथा निर्वाचनमा सहभागी सबै पक्षको सहजता र निर्वाचन प्रक्रियालाई व्यवस्थित बनाउन बिहानबाट मतदान सुरु गर्ने निर्णय गरिएको समितिको भनाइ छ।

कांग्रेसको १५औँ महाधिवेशनबाट नयाँ केन्द्रीय कार्यसमिति चयन हुँदैछ। त्यसका लागि विभिन्न पदमा उम्मेदवारी दर्ता भइसकेको छ। अब निर्धारित कार्यतालिकाअनुसार मतदान सम्पन्न भएपछि मतगणना प्रक्रिया अघि बढाइनेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार