नेपाल सम्वत् ११४६, यंलाथ्वः ११, एकादशी (६ असोज २०८३, २२ सेप्टेम्वर, २०२६) मंगलबार, बाँपिझ्याला । संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गत उच्चस्तरीय सप्ताहमा सहभागी हुन प्रधानमन्त्री बालेन शाह आज मंगलबार न्यूयोर्क प्रस्थान गर्दैछन्। प्रधानमन्त्री शाहले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्यूयोर्क जान लागेका हुन्।
प्रधानमन्त्री शाहले सेप्टेम्बर २४ (असोज ८ गते) संयुक्त राष्ट्रसंघको महासभाको उच्चस्तरीय साधारण बहसमा नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। यस वर्षको उच्चस्तरीय बहस सेप्टेम्बर २२ देखि २८ सम्म न्यूयोर्कमा हुँदैछ।
न्यूयोर्कमा रहँदा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रमसमेत तय भएको छ। नेपालले महासभामा जलवायु परिवर्तनको असर, जलवायु न्याय तथा पछिल्ला प्राकृतिक विपद्बाट परेको प्रभावलगायत विषयलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ।
प्रधानमन्त्री नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राई तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीहरू सहभागी हुनेछन्।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij