Oct 07 2026 | २०८३, आश्विन २१ गते

Oct 07 2026 | २०८३, आश्विन २१ गते

आसिफको शतकसँगै नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य

आसिफको शतकसँगै नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य

नेपाल सम्वत् ११४६, यंलाथ्वः १, प्रतिपदा (२७ भाद्र २०८३, १२ सेप्टेम्वर, २०२६) शनिवार, बाँपिझ्याला । ओपनर आसिफ शेखको शतकीय पारीको मद्दतमा नेपालले एसिसी प्रिमियर कपको फाइनलमा संयुक्त अरब इमिरेट्स (युएई) लाई ३१४ रनको लक्ष्य दिएको छ ।

मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३१३ रन बनाएको हो ।

नेपालका लागि विकेटकिपरसमेत रहेका ओपनर आसिफ शेखले १०६ बलमा ८ चौका र ४ छक्कासहित १०२ रनको उत्कृष्ट पारी खेल्नुभयो । यो उहाँको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दोस्रो शतक हो ।

यस्तै, गुलशनकुमार झाले आक्रामक अर्धशतकीय पारी खेल्दै ३८ बलमा ४ छक्का र ३ चौकाको मद्दतमा ५२ रन बनाउनुभयो । एकदिवसीय क्रिकेटमा गुलशनको यो छैटौँ अर्धशतक हो ।

नेपालका लागि अर्जुन कुमालले ४३, कप्तान रोहितकुमार पौडेलले ४०, दीपेन्द्रसिंह ऐरीले १८, ईशान पाण्डेले १३ तथा बसिर अहमदले अविजित १५ रन बनाउनुभयो ।

युएईका इब्रार अहमदले ४ विकेट लिनुभयो भने खुजैमा तनवीरले २ तथा हैदर अली र अबीद उस्मानीले समान १ विकेट लिनुभयो ।

फाइनलको विजेता टोलीले सन् २०२७ मा आयोजना हुने एसिया कपमा खेल्ने अवसर प्राप्त गर्नेछ । नेपाल यससँगै दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्यमा छ । नेपालले यसअघि सन् २०२३ मा एसिसी प्रिमियर कपको उपाधि जित्दै एसिया कप खेलेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार