Oct 08 2026 | २०८३, आश्विन २२ गते

Oct 08 2026 | २०८३, आश्विन २२ गते

असोजको पहिलो हप्ताभित्र उपभोक्ता समिति गठन गर्न भीमेश्वर नगरपालिकाको निर्देशन

असोजको पहिलो हप्ताभित्र उपभोक्ता समिति गठन गर्न भीमेश्वर नगरपालिकाको निर्देशन

नेपाल सम्वत् ११४६, दिल्लागाः ७ अष्टमी (२० साउन, २०८४, ५ अगष्ठ २०२६) बुधबार, बाँपिझ्याला । भीमेश्वर नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ मा उपभोक्ता समिति मार्फत सञ्चालन हुने विकास योजनाहरू प्रभावकारी र समयमै कार्यान्वयन गर्न सबै वडा कार्यालयलाई असोजको पहिलो हप्ताभित्र उपभोक्ता समिति गठन गर्न निर्देशन दिएको छ।

प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद सुवेदीद्वारा जारी पत्रमा नगरपालिकाका नौवटै वडामा उपभोक्ता समिति मार्फत सञ्चालन हुने योजनाहरू कार्यान्वयन गर्नुअघि उपभोक्ता समिति गठन अनिवार्य गरिएको उल्लेख छ।

नगरपालिकाका अनुसार समिति गठनपछि योजना कार्यान्वयनमा संलग्न पदाधिकारीहरूलाई नीति, कार्यक्रम तथा कार्यविधिबारे अभिमुखीकरण गराइनेछ। अभिमुखीकरण सम्पन्न भएपछि मात्र योजनाको कार्यान्वयन प्रक्रिया अगाडि बढाइने व्यवस्था गरिएको छ।

नगरपालिकाले सबै वडा जनप्रतिनिधि तथा सम्बन्धित कर्मचारीको उपस्थितिमा असोजको पहिलो हप्ताभित्र उपभोक्ता समिति गठन गरी विकास योजनाहरू निर्धारित समयमै अघि बढाउन आवश्यक समन्वय र तयारी गर्न आग्रह गरेको छ।

Notice-bhimeshwor.jpg
 
 
 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार