Oct 06 2026 | २०८३, आश्विन २० गते

Oct 06 2026 | २०८३, आश्विन २० गते

‘गौंथली’को शनिबार एकैदिन १ करोड २७ लाख रुपैयाँभन्दा बढी ग्रस कमाइ

‘गौंथली’को शनिबार एकैदिन १ करोड २७ लाख रुपैयाँभन्दा बढी ग्रस कमाइ

नेपाल सम्वत् ११४६, दिल्लाथ्वः ११ एकादशी (९ साउन, २०८३, २५ जुलाई, २०२६) शनिवार, बाँपिझ्याला । प्रदर्शनरत नेपाली फिल्म ‘गौंथली’ ले शनिबार उत्कृष्ट व्यापार गर्दै दिउँसो २ बजेसम्म १ करोड २७ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ। निर्माता सुमन गिरीका अनुसार बक्सअफिस एपको तथ्यांकअनुसार उक्त कमाइ दर्ज भएको हो।

विशेषगरी काठमाडौंदेखि पश्चिमको नेपालगञ्जसम्म रहेका चलचित्र हलहरूमा निर्देशक कपिल रिजालको यो फिल्मप्रति दर्शकको उल्लेखनीय आकर्षण देखिएको छ। शनिबार अधिकांश हलमा फिल्मको अकुपेन्सी उच्च रहेको बताइएको छ, जसलाई पछिल्ला समयको उल्लेखनीय ‘फुटफल’का रूपमा हेरिएको छ।

निर्माता गिरीका अनुसार शनिबार मध्यरातसम्म फिल्मको एकदिने ग्रस कमाइ करिब १ करोड ५० लाख रुपैयाँ पुग्ने अनुमान गरिएको छ। यस्तै, प्रदर्शनको ९ दिनसम्म कुल ग्रस कलेक्सन करिब ६ करोड ५० लाख रुपैयाँ पुग्ने प्रक्षेपण पनि उनले गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार