Oct 06 2026 | २०८३, आश्विन २० गते

Oct 06 2026 | २०८३, आश्विन २० गते

‘ककाकिकी’को पहिलो झलक सार्वजनिक

‘ककाकिकी’को पहिलो झलक सार्वजनिक

टेलिभिजन कार्यक्रम ‘कमेडी दरबार’ को टिमले निर्माण गरेको बहुप्रतीक्षित नेपाली फिल्म ‘ककाकिकी’ को पहिलो झलक सार्वजनिक गरिएको छ। झलकमा मुख्य पात्रहरू आफ्नो गाउँको विकास र परिवर्तनका लागि योजना बनाउँदै गरेको दृश्य प्रस्तुत गरिएको छ, जसले फिल्मको कथावस्तुप्रति दर्शकको उत्सुकता बढाएको छ।

माया इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको यो फिल्म आगामी भदौ १९ गते देशभर प्रदर्शनमा आउनेछ। पहिलो झलक सार्वजनिक गर्दै निर्माण टिमले फिल्मको औपचारिक प्रचार अभियान पनि सुरु गरेको जनाएको छ।

फिल्मका निर्देशक बिक्की अग्रवाल र श्रृद्धा प्रसाईं ले आफूहरूले निकै मेहनतका साथ फिल्म तयार पारेको बताउँदै अब यसको मूल्यांकन दर्शकले गर्ने बताए। निर्देशक बिक्की अग्रवालले भने, “हामीले अहिले नै ठूलो दाबी गर्दैनौँ। राम्रो फिल्म बनाउने प्रयास गरेका छौँ, बाँकी निर्णय दर्शककै हातमा छ।”

निर्देशक श्रृद्धा प्रसाईंले सम्पूर्ण कलाकार तथा प्राविधिक टोलीको सहयोगका कारण फिल्म उत्कृष्ट बनेको विश्वास व्यक्त गरिन्।

पहिलो झलक सार्वजनिक कार्यक्रममा अभिनेत्री गौरी मल्ल, तृप्ति नाडकर, रेखा थापा, दिया मास्के तथा अभिनेता महेश त्रिपाठी, प्रकाश घिमिरे, शिशिर वाङ्देल, सुवास गजुरेल, रेअर राई, खड्ग बहादुर पुन मगर (खबपु) र पवन खतिवडा लगायतले फिल्ममा काम गर्दाका अनुभव सुनाएका थिए।

फिल्ममा माउत्से गुरुङ, मनोज गजुरेल, मुकुन्द मैनाली, रामबाबु रेग्मी, सीडी विजय अधिकारी, सरोज भण्डारी, सुजना श्रेष्ठ, विश्वास तिमल्सिना, एलिसा भोग, सुवर्ण थापा र कमल देवकोटा को पनि अभिनय रहेको छ।

फिल्मको कथा तथा पटकथा निर्देशक बिक्की अग्रवालसँगै सरोज भण्डारी र विकास अर्यालले तयार पारेका हुन्। निर्माण श्रृद्धा प्रसाईं र सुमित्रा थापाले गरेका हुन् भने फिल्मको कन्सेप्ट सुमन अग्रवालको रहेको छ। स्क्रिप्ट डक्टरको जिम्मेवारी विश्वास तिमल्सिना (बिटी कान्छा) ले सम्हालेका छन्।

सुदीप बराल को छायांकन रहेको फिल्ममा मुख्य सहायक निर्देशक अनिश बुढाथोकी तथा सहायक निर्देशक विशाल राई रहेका छन्। मेकअप अनिस तामाङ, कस्टुम डिजाइन सुमन परियार र प्रोडक्सन हेड अरुण रेग्मी हुन्।

फिल्मको डिजिटल अधिकार OSR Digital सँग रहेको छ भने अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार Seven Seas International ले प्राप्त गरेको निर्माण पक्षले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार