Oct 06 2026 | २०८३, आश्विन २० गते

Oct 06 2026 | २०८३, आश्विन २० गते

५१औँ दिनमा पनि ‘लालीबजार’को दबदबा, १० करोड क्लब नजिक

५१औँ दिनमा पनि ‘लालीबजार’को दबदबा, १० करोड क्लब नजिक

नेपाल सम्वत् ११४६, तछलाथ्वः १३ त्रयोदशी (१३ अषाढ, २०८३, २७ जुन, २०२६) शनिवार, बाँपिझ्याला । वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘लालीबजार’ प्रदर्शनको ५१औँ दिनमा प्रवेश गरेको छ। शनिबार ५१ दिन पूरा गर्दै फिल्मले देशका विभिन्न हलमा सफल प्रदर्शनलाई निरन्तरता दिएको हो।

चलचित्र क्यूएफएक्स अन्तर्गत भक्तपुर, सिभिल मल र सिटी स्क्वायर, कमलपोखरीको बिग मुभिज, सुन्धाराको सीडीसी सिनेमाज, सितापाइलाको सीके सिनेमाज, न्युरोडको रञ्जना सिनेप्लेक्स, बुटवलको फ्रेन्ड्स सिनेमाज, इलाम तथा नेपालगञ्जको सिने रोयलमा ५१औँ दिनसम्म प्रदर्शन भइरहेको छ।

कार्यकारी निर्माता तथा पटकथाकार प्रदीप भट्टराईले चलचित्रले पाएको सफलतालाई दर्शकसँग साट्न शनिबार दिनभर विभिन्न चलचित्र हलमा पुगेर दर्शकसँग भेटघाट गर्ने जानकारी दिएका छन्।

यस वर्ष हालसम्म प्रदर्शनमा आएका नेपाली चलचित्रमध्ये ‘लालीबजार’ व्यावसायिक रूपमा सबैभन्दा सफल फिल्ममध्ये एक बनेको छ। फिल्मले घरेलु बक्स अफिसमा ९ करोड रुपैयाँभन्दा बढी ग्रस कलेक्सन गरिसकेको छ भने अब १० करोड क्लबमा प्रवेश गर्ने लक्ष्यतर्फ अघि बढिरहेको छ।

निर्देशक यम थापाको निर्देशन रहेको चलचित्रमा स्वस्तिमा खड्का, रविन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल र प्रेम पाण्डेलगायत कलाकारहरूको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार