Oct 06 2026 | २०८३, आश्विन २० गते

Oct 06 2026 | २०८३, आश्विन २० गते

नेपाली फिल्म बक्सअफिस अपडेट : ‘लालीबजार’ ८ करोड नजिक

नेपाली फिल्म बक्सअफिस अपडेट : ‘लालीबजार’ ८ करोड नजिक

नेपाल सम्वत् ११४६, अनलागाः १ प्रतिपदा (१८ जेष्ठ, २०८३, १ जुन, २०२६) सोमबार, बाँपिझ्याला । चलचित्र विकास बोर्ड ले ६ नेपाली फिल्महरूको पछिल्लो आधिकारिक बक्सअफिस विवरण सार्वजनिक गरेको छ।

सबैभन्दा बढी कमाइ गर्ने फिल्ममा ‘लालीबजार’ रहेको छ, जसले हालसम्म करिब ७ करोड ९० लाख रुपैयाँ ग्रस कमाइ गर्दै ८ करोड नजिक पुगेको छ। वैशाख २५ गते रिलिज भएको फिल्मले २ लाख ६९ हजारभन्दा बढी टिकट बिक्री गरेको बोर्डको तथ्यांकमा उल्लेख छ।

‘परालको आगो’ ले करिब ४ करोड २७ लाख रुपैयाँ कमाउँदै दोस्रो स्थानमा रहेको छ। यस फिल्मले १ लाख ५४ हजारभन्दा बढी टिकट बिक्री गरेको छ।

त्यस्तै ‘मितज्यू’ ले १ करोड २० लाखभन्दा बढी कमाइ गरेको छ भने ‘काजी’ ले करिब ४० लाख रुपैयाँ ग्रस कमाइ गरेको छ।

‘मालती मंगले’ ले करिब ५१ लाख रुपैयाँ कमाउँदा ‘लाइफ ड्यामेज’ ले करिब ३३ लाख रुपैयाँ कमाएको छ।

बोर्डका अनुसार ‘गुरूआमा’ र ‘एक मुठ्ठी बादल’ लगायतका फिल्महरू प्रदर्शनबाट हटिसकेका छन्।

चलचित्र विकास बोर्ड ले हरेक सोमबार बक्सअफिस विवरण सार्वजनिक गर्दै आएको छ भने नयाँ रिलिज भएका ‘रोल नं. १’ र ‘कुम्भ’ को रिपोर्ट आगामी सोमबार सार्वजनिक हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार