Oct 09 2026 | २०८३, आश्विन २३ गते

Oct 09 2026 | २०८३, आश्विन २३ गते

भीमेश्वर नगरपालिका वडा नम्वर ५ ले सामुदायिक विद्यालयबाट एसईई परिक्षामा उर्तिण विद्यार्थीहरुलाई सम्मान

भीमेश्वर नगरपालिका वडा नम्वर ५ ले सामुदायिक विद्यालयबाट एसईई परिक्षामा उर्तिण विद्यार्थीहरुलाई सम्मान

बाँपीझ्याला, दोलखा । भिमेश्वर नगरपालिका वडा नम्वर ५ ले आफ्नो वडा भित्रका सामुदायिक विद्यालयबाट एसईई परिक्षामा सहभागी विधार्थीहरुलाई सम्मान गरेको छ । यसरी आफ्नो वडा भित्रका सामूदायिक विद्यालयमा अध्ययन गरी एसईई पास गरेका बिद्यार्थीहरुको प्रोत्साहनको उज्वल भविष्यको कामना सहित सम्मान गरिएको वडाध्यक्ष ५ का वडाध्यक्ष बासु श्रेष्ठले बताउनु भयो ।

यसरी एसईई परिक्षामा सहभागी हुने भिमेशवर नगरपालिका वडा नम्वर ५ का बुढाभिमसेन माध्यमिक विद्यालयबाछ २५ जना र महेन्द्रद्धोय माध्यमिक विद्यालय माटीबाट १४ जना गरी जम्मा ३९ जनालाई विद्यार्थीहरुलाई सम्मान गरिएको वडाध्यक्ष श्रेष्ठले जनाएको छ । वडाको शैक्षिक कार्यक्रम अन्तरगत विद्यार्थीहरुलाई सामुदायिक विद्यालयहरुमा आकर्षित गराउने र शैक्षिक गुणस्तर ल्याउने उद्देश्य रहेको विद्याथीहरुलाई सम्मान गरिएको थाहा भएको छ ।

वडाध्यक्ष बासु श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको उक्त सम्मान कार्यक्रममा भिमेश्वर नगरपालिकाका प्रमुख इश्वर नारायण मानन्धर, उप प्रमुख कमला बस्नेत, शैक्षिक व्यतित्व शंकरलाल श्रेष्ठ, राजन कार्की, लक्ष्मी भुजेल, विद्यालय व्यवस्थापन समितीका पदाधीकारी अभिभावकहरुको सहभागीता रहेको थियो । सूचना सम्प्रेशनको लागि दर्पण सञ्चारबाट ...

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार