Oct 10 2026 | २०८३, आश्विन २४ गते

Oct 10 2026 | २०८३, आश्विन २४ गते

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक स्टाफसहित पाँच जनाको मृत्यु, १४ विद्यार्थी घाइते

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक स्टाफसहित पाँच जनाको मृत्यु, १४ विद्यार्थी घाइते

नेपाल सम्वत् ११४६, यंलागाः १४, चर्तुदशी (२३ असोज २०८३, ९ अक्टोबार, २०२६) शुक्रबार, बाँपिझ्याला । कास्कीको पोखरामा शुक्रबार स्कुल बस दुर्घटना हुँदा चार विद्यार्थी र एक बस स्टाफसहित पाँच जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य १४ जना विद्यार्थी घाइते भएका छन्।

पोखरा महानगरपालिका–२८ स्थित माझठानाबाट विद्यार्थी लिएर पोखरातर्फ आउँदै गरेको कालिका बोर्डिङ स्कुलको ग.२ ख १४१७ नम्बरको बस ओख्ले भन्ने स्थानमा दुर्घटनामा परेको हो। बस सडकबाट करिब दुई सय मिटर तल भिरमा खसेको कास्कीका प्रहरी प्रमुख एसपी नवीन कार्कीले जानकारी दिएका छन्।

दुर्घटनामा परी चार विद्यार्थी र बसका एक स्टाफको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका १४ जना विद्यार्थीलाई उद्धार गरी पोखराका विभिन्न अस्पतालमा उपचारका लागि लगिएको छ।

बस भिरबाट खस्दा ठूलो दुर्घटना भएको हो। दुर्घटनाको कारण र घटनासम्बन्धी थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार