Oct 08 2026 | २०८३, आश्विन २२ गते

Oct 08 2026 | २०८३, आश्विन २२ गते

माननिय भरतबहादुर केसीज्यूलाई बधाई तथा शुभकामना

माननिय भरतबहादुर केसीज्यूलाई बधाई तथा शुभकामना

बाँपीझ्याला, काठमाण्डौं । गत २०७९ मंसिर ४ गते भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा नेकपा एमालेको तर्फबाट दोलखा जिल्लाबाट प्रदेश सभा (ख) मा बिजयी उमेदवार भरत बहादुर केसीज्यूलाई समाजसेवी एवं समकालिन एकता समाज नेपालका अध्यक्ष सकुना श्रेष्ठज्यूले बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरिएको छ ।

यसरी आयोजना गरीएको बधाई तथा शुभकामना कार्यक्रममा माननिय भरतबहादुर केसीज्यू र वहाँको धर्मपत्नीको उपस्थित रहेको थियो ।

आफ्नै निजि निवास सकुना अर्पाटमेन्ट पुल्चोकमा रहेको जापानीज रेष्टुरेण्टमा समकालिन एकता समाज नेपाल र आफ्नो तर्फबाट आयोजित उक्त कार्यक्रममा द्वाल्खा म्यासमुचा खलकका अध्यक्ष कलावती श्रेष्ठ, छिजि द्वाल्खा डोबरका अध्यक्ष रिना चाकुबजी, नेवाः देय् दवु बागमती प्रदेशको तर्फबाट उापाध्यक्ष शान्त श्रेष्ठ र दोलखाली युवा समाजसेवी सन्तोष प्रधानको उपस्थिती रहेको थियो ।

यसै गरी समकालिन एकता समाज नेपालको तर्फबाट महासचिव सुनी प्रधान, सचिव अमृतमैया प्रधान र कोषाध्यक्ष मिलन श्रेष्ठको उपस्थित रहेको थियो ।

दोलखा जिल्ला त्यसमाथी समृद्ध भीमेश्वर नगरपालीका घरभएका माननिय भरतबहादुर केसीज्यूलाई आफु र आफ्नो संस्थाको तर्फबाट यसरी बधाई तथा शुभकामना गर्न पाउदा समाजसेवी एवं समकालिन एकता समाज नेपाल दोलखा काठमाण्डौंका अध्यक्ष सकुना श्रेष्ठ मलेकुले हर्ष व्यक्त गर्नु भयो ।

यसै गरी माननिय भरतबहादुर केसीज्यूले समृद्ध भीमेश्वर नगर र सिङ्गो जिल्लाभित्रका विकास निर्माणका क्रियाकलापमा सहभागीभई सहयोग गर्नुका साथै नेपाल राज्य कै नमुना जिल्लाको रुपमा दोलखा जिल्लालाई स्थापित गरी साँस्कृतीक र पर्यटकिय क्षेत्रमा विकास गर्न दोलखा भीमेश्वरबाट बर प्राप्त होस् भन्ने शुभकामना दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार