इतिहासको कुनै कालखण्डमा दैवी प्रकोपू लाई रोकथाम वा अन्त्य गर्नको निम्ति संकट समाधानको उपाय पत्ता नलागे पछि ज्ञात अज्ञात देवी–देवतामा पशुबलि दिने प्रथा प्रारम्भ भएको देखिन्छ । यो कुनै पनि हालतमा सहि, बिज्ञान सम्मत र तर्क संगत छैन । यो शक्ति आर्जनको निम्ति वा डर र भयको कारण उत्पन्न देवि देवता पुकार्ने स्वार्थ सिद्धिको एक उपाय मात्रै हो। त्यसैले, कसैले पनि शास्त्र र पुराणलाई अगाडि सारेर बलिप्रथाको प्रतिरक्षा गर्नु सहि र विवेकपूर्ण हुँदैन । उहिले उहिले युद्धमा जानु अगाडि बिजयी हुनको निम्ति हतियारमा पनि बलि दिने चलन हुन्थ्यो । सायद यस्को आफ्नै खाले युद्ध मनोबिज्ञान रहेको पनि हुन सक्छ । त्यसो त कुनै बेला हाम्रो समाजले सति प्रथा, बाल बिबाह प्रथा, छुवाछुट र छाउपडी प्रथालाई पनि सुसंस्कार नै मान्ने गर्दथ्यो । तर त्यो समय क्रममा यथार्थमा गलत सिद्ध भै सकेको छ ।
पशुबलि पनि मान्छेले चलाएको कुप्रथा हो । अब यस्को अन्त्य पनि मान्छेले नै गर्नु पर्छ । यसो गर्दा कसैको पनि हानी नोक्सानी हुन्छ भन्नू एक अन्धविश्वास सिवाय केहि होइन । म आफै हिन्दू परिवारमा जन्मे हुर्केको मान्छे हुँ । दशैं, तिहार र सबै खाले असल हिन्दू सँस्कारलाई मान्दछु र सम्मान गर्दछु । पहिले परम्परागत रुपमा हाम्रो घर र मन्दिरमा पनि पशुबलि दिने प्रचलन थियो । हामीले धेरै बर्ष अगाडि त्यसलाई त्याग्यौं र नरिवल चढाउन थाल्यौं । आमा बुवाले सो कुरालाई सहज स्विकार्नु भो । त्यसबेला देखि नै हामीले घरमा यो चलन चलाउँदै आएका छौं । आमा परम्परागत हिन्दू अनुयायी हुनुहुन्छ । तर यस बिषयमा श्रद्धेय आमाको पनि राम्रो साथ सहयोग प्राप्त छ ।

नेपालमा हवाई जहाज, गाडी तथा मोटर साइकल तथा मेशिनहरुमा पनि बलि दिने चलन छ । तर अपशोच संसारमा सबैभन्दा धेरै दूर्घटनाहरु सायद हाम्रै देशमा हुन्छ होला । त्यसैले, समस्या समाधानको मुख्य आधार भनेको अन्धविश्वाश होइन, बरु तर्क, विवेक र बिज्ञान सम्मत हुनु हो ।
त्यसैले, मन्दिर वा सार्वजनिक स्थानमा बलि दिने प्रथालाई सामाजिक चेतना र शिक्षाको आधारमा त्यागौं र रोकथाम गरौं । अन्यथा, यसको निम्ति जनहितको दृष्टिकोणले कानून बनाई अगाडि बढ्नु पर्ने पनि हुन सक्छ । मन्दिर जस्तो सार्वजनिक स्थानमा रगतको खोलो बगाई (उदाहरणको निम्ति बाराको देउमाईको मन्दिर) पुजा गर्नु जन स्वास्थ्य, मानसिक स्वास्थ्य र वातावरणीय संरक्षणको दृष्टिकोणले पनि सहि र बिज्ञान सम्मत मान्न सकिन्न ।
नोट मेरो प्रस्तुत विचारले कसैको मन वा धार्मिक आस्थामा चोट लागे क्षमा प्रार्थी छुँ । म फरक मतलाई सम्मान गर्दछु । तर गलत तर्कको भने खण्डन गर्ने नै छु । मन्दिर तथा सार्वजनिक स्थानमा बलि दिने प्रथालाई अन्त्य गर्न भैरहेको निरन्तर अभियान राम्रो कुरा हो । यसलाई साथ सहयोग दिन सबैमा अनुरोध पनि गर्दछु । हाम्रा सबै असल र राम्रा परम्परालाई जोगाऔं, हुर्काऔं । तर, सबैखाले कुसँस्कारको अन्त्य गरौ भनी गौरी प्रधानले आफ्नो सामाजिक सञ्जाल फेसवुकमा यो अभिव्यक्ती सार्वजनिक गर्नु भएको छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij