Oct 08 2026 | २०८३, आश्विन २२ गते

Oct 08 2026 | २०८३, आश्विन २२ गते

तरुण दल विगु अध्यक्ष विपिन थापा रास्वपामा प्रवेश

तरुण दल विगु अध्यक्ष विपिन थापा रास्वपामा प्रवेश

नेपाल सम्वत् ११४६, यंलागाः ३, तृर्तिया –१३ असोज २०८३, २९ सेप्टेम्वर, २०२६) मंगलबार, बाँपिझ्याला । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दल विगु गाउँपालिका अध्यक्ष विपिन थापा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्नुभएको छ।

पुराना राजनीतिक दलहरूको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै थापा रास्वपामा औपचारिक रूपमा प्रवेश गर्नुभएको हो। उहाँलाई रास्वपाका नेताहरूले स्वागत गर्दै पार्टीको सदस्यता प्रदान गरेका छन्।

थापाको रास्वपा प्रवेशसँगै विगु गाउँपालिकामा पार्टीको संगठन विस्तार तथा गतिविधिमा थप सक्रियता आउने अपेक्षा गरिएको छ। रास्वपाले थापाको आगमनले विगु गाउँपालिकासहित समग्र दोलखामा पार्टीको संगठन सुदृढीकरणमा सहयोग पुग्ने जनाएको छ।

स्थानीय तहमा लामो समयदेखि राजनीतिक तथा सामाजिक गतिविधिमा सक्रिय रहनुभएका थापाको प्रवेशलाई रास्वपाले संगठन विस्तारका क्रममा महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार