Oct 08 2026 | २०८३, आश्विन २२ गते

Oct 08 2026 | २०८३, आश्विन २२ गते

आन्तरिक विवादबीच एमालेले बोलायो सचिवालय र केन्द्रीय कमिटी बैठक

आन्तरिक विवादबीच एमालेले बोलायो सचिवालय र केन्द्रीय कमिटी बैठक

नेपाल सम्वत् ११४६, यंलाथ्वः ९, नवमी (४ असोज २०८३, २० सेप्टेम्वर, २०२६) आईतबार, बाँपिझ्याला । आन्तरिक विवादका बीच नेकपा एमालेले कार्यदल, केन्द्रीय सचिवालय र केन्द्रीय कमिटी बैठक बोलाएको छ।

एमालेले असोज ५, ६ र ७ गते लगातार तीन दिन पार्टीका विभिन्न तहका बैठक बस्ने जनाएको छ। आइतबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा कार्यदलको बैठक बस्नेछ। त्यसको चार घण्टापछि दिउँसो १ बजे केन्द्रीय सचिवालयको बैठक बोलाइएको छ।

त्यसैगरी, असोज ५ गतेदेखि तीन दिनसम्म ललितपुरको भैंसेपाटीस्थित रामबाग महलमा केन्द्रीय कमिटी बैठक बस्नेछ।

एमालेले पछिल्लो समय निर्वाचनको समीक्षा तथा पार्टी पुनर्गठनका विषयमा छलफल गर्दै आएको छ। सोही क्रममा पार्टीका विभिन्न तहका बैठक आयोजना गर्न लागिएको हो।

बैठकमा निर्वाचन परिणामको समीक्षा, पार्टी संगठनको अवस्था तथा आगामी कार्यदिशालगायत विषयमा छलफल हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार