Oct 08 2026 | २०८३, आश्विन २२ गते

Oct 08 2026 | २०८३, आश्विन २२ गते

कांग्रेसको वडा अधिवेशन सुरु, पहिलो दिन ४४ जिल्लाका ३ हजार ३९६ वडामा सम्पन्न

कांग्रेसको वडा अधिवेशन सुरु, पहिलो दिन ४४ जिल्लाका ३ हजार ३९६ वडामा सम्पन्न

नेपाल सम्वत् ११४६, यंलाथ्वः ८, अष्टमी (३ असोज २०८३, १९ सेप्टेम्वर, २०२६) शनिवार, बाँपिझ्याला । नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत शनिबारदेखि वडा अधिवेशन सुरु गरेको छ। पहिलो दिन ४४ जिल्लाका ३ हजार ३९६ वडामा अधिवेशन सम्पन्न भएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

केन्द्रीय निर्वाचन समितिका सदस्य–सचिव राजु कटुवालका अनुसार शनिबार सम्पन्न वडा अधिवेशनबाट नयाँ वडा कार्यसमिति चयन हुनुका साथै क्षेत्रीय प्रतिनिधिसमेत चयन भएका छन्।

कांग्रेसले यसअघि असोज ३ र ४ गते वडा अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो। सोही कार्यतालिकाअनुसार पहिलो दिन ४४ जिल्लाका वडामा अधिवेशन सम्पन्न भएको हो।

बाँकी वडाहरूमा आइतबार अधिवेशन हुनेछ। निर्वाचन समितिका अनुसार आइतबार ३० जिल्लाका वडामा अधिवेशन गर्ने तयारी छ।

यसैबीच बाढी तथा पहिरोबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका साथै मधेस प्रदेशको सिराहा जिल्लामा भने वडा अधिवेशन पछि गरिने भएको छ। परिस्थितिअनुसार ती जिल्लाको अधिवेशनको नयाँ मिति तय गरिने कांग्रेसले जनाएको छ।

वडा अधिवेशन कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको प्रारम्भिक संगठनात्मक प्रक्रिया हो। वडा तहबाट चयन भएका प्रतिनिधिहरू क्रमशः पालिका, प्रदेश तथा केन्द्रीय तहका अधिवेशनमा सहभागी हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार