नेपाल सम्वत् ११४६, गुंल्लागाः १३, त्रयोदशी (२४ भाद्र २०८३, ०९, सेप्टेम्वर, २०२६) बुधबार, बाँपिझ्याला । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रदेश निर्वाचन क्षेत्र नम्बर ‘ख’ दोलखाको अध्यक्षमा कुमार कार्की सर्वसम्मत रुपमा चयन हुनुभएको छ ।
बुधबार चरिकोटमा सम्पन्न प्रदेश निर्वाचन क्षेत्रीय अधिवेशनले कार्कीको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो । कार्की दोस्रो कार्यकालका लागि प्रदेश निर्वाचन क्षेत्र ‘ख’ को अध्यक्षमा चयन हुनुभएको राप्रपा दोलखाले जनाएको छ ।
अधिवेशनबाट अध्यक्षसहित नयाँ कार्यसमिति चयन गरिए पनि बाँकी पदाधिकारी तथा जिम्मेवारी भने कार्यसमितिको आगामी बैठकबाट टुंगो लगाइने बताइएको छ । पार्टीको संगठनलाई थप सुदृढ बनाउँदै आगामी दिनमा राजनीतिक तथा सामाजिक गतिविधिलाई प्रभावकारी रुपमा अघि बढाउने उद्देश्यसहित नयाँ कार्यसमिति गठन गरिएको राप्रपा दोलखाले जनाएको छ ।
कार्कीको अध्यक्षतामा सम्पन्न अधिवेशनको उद्घाटन सत्रमा राप्रपाका केन्द्रीय सहायक महामन्त्री विजय खड्का प्रमुख अतिथिका रुपमा सहभागी हुनुभएको थियो । कार्यक्रममा पार्टीका केन्द्रीय सहायक प्रवक्ता प्रविण कुमार थोकर, बागमती प्रदेशसभा सदस्य तथा पार्टी नेतृ मोनिका श्रेष्ठ, राप्रपा दोलखाका जिल्ला अध्यक्ष विष्णु श्रेष्ठ, युवा नेता भाष्कर पाण्डेलगायतको विशेष उपस्थिति रहेको थियो ।
उद्घाटन सत्रमा सहभागी नेताहरुले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै पार्टी संगठनलाई स्थानीय तहसम्म थप बलियो बनाउनुपर्नेमा जोड दिनुभएको थियो । उनीहरुले पार्टीको नीति, विचार र एजेन्डालाई जनतामाझ प्रभावकारी रुपमा पुर्याउँदै संगठन विस्तार र कार्यकर्ताबीचको एकतालाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।
अधिवेशनमा पार्टीका स्थानीय नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो । सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भएपछि कार्यकर्तामा थप उत्साह देखिएको राप्रपा दोलखाले जनाएको छ ।
दोस्रो कार्यकालका लागि अध्यक्षमा चयन हुनुभएका कार्कीले आगामी कार्यकालमा पार्टी संगठनलाई थप व्यवस्थित र सक्रिय बनाउँदै प्रदेश निर्वाचन क्षेत्रभित्र राप्रपाको संगठन विस्तारमा प्राथमिकता दिने अपेक्षा गरिएको छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij