Oct 08 2026 | २०८३, आश्विन २२ गते

Oct 08 2026 | २०८३, आश्विन २२ गते

जय दहालको निधनप्रति नेपाली कम्युनिष्ट पार्टी दोलखाद्वारा श्रद्धाञ्जली

जय दहालको निधनप्रति नेपाली कम्युनिष्ट पार्टी दोलखाद्वारा श्रद्धाञ्जली

नेपाल सम्वत् ११४६, दिल्लागाः १४ चर्तुदशी (२६ साउन, २०८३, ११ अगष्ठ २०२६) मंगलबार, बाँपिझ्याला । नेपाली कम्युनिष्ट पार्टी दोलखाले पार्टीका नेता तथा दोलखाली जनताका सेवकका रूपमा परिचित जय दहालको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ।

नेपाली कम्युनिष्ट पार्टी जिल्ला समिति दोलखाले शोक विज्ञप्ति जारी गर्दै पार्टी सम्पर्क समन्वय समिति (प्रदेश कमिटी) सदस्य दहालको निधनले पार्टी, परिवार तथा समग्र दोलखाली समुदायलाई अपूरणीय क्षति पुगेको जनाएको छ।

विज्ञप्तिमा दहाललाई पार्टीका सशक्त एवं विश्वसनीय नेता तथा दोलखाली जनताको साँचो सेवकका रूपमा स्मरण गरिएको छ। २०३२ साल पुस १२ गते जन्मिनुभएका दहालको २०८३ साल साउन २२ गते निधन भएको विज्ञप्तिमा उल्लेख छ।

पार्टीले दहालको निधनले नेपाली कम्युनिष्ट पार्टीले एक क्रान्तिकारी हस्ती गुमाएको तथा दोलखाली जनताले असल अभिभावक गुमाएको जनाएको छ। परिवार र पार्टीलाई एउटै ठानी निरन्तर सक्रिय रहने दहालको अप्रत्याशित निधनले सिंगो पार्टी पंक्ति र दोलखावासीलाई स्तब्ध बनाएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

पार्टीले शोक वक्तव्यमा दहालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माको चिरशान्तिको कामना गरेको छ। भौतिक रूपमा दहाल अब आफूहरूमाझ नरहे पनि उहाँको त्याग, निष्ठा र क्रान्तिकारी योगदान इतिहासका पाना तथा पार्टीका कार्यकर्ता र शुभेच्छुकका स्मृतिमा सधैँ जीवित रहने उल्लेख गरिएको छ।

यसैगरी, शोकाकुल परिवारजन, आफन्त तथा पार्टीका सम्पूर्ण नेता–कार्यकर्तालाई यस कठिन घडीमा धैर्य धारण गर्ने शक्ति मिलोस् भन्दै पार्टीले गहिरो समवेदना व्यक्त गरेको छ।

नेपाली कम्युनिष्ट पार्टी जिल्ला समिति दोलखाका संयोजक अशोक कुमार दहाल र केन्द्रीय सदस्य एवं जिल्ला समिति दोलखाका इन्चार्ज क. विशाल खड्काले संयुक्त रूपमा शोक विज्ञप्ति जारी गर्नुभएको हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार