सरकारले बजारमा मूल्य वृद्धि, कृत्रिम अभावजस्ता अराजक बजारलाई चिर्ने उद्देश्यले स्थापना भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तथा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडजस्ता संस्थामा अत्यावश्यक वस्तुका रूपमा मानिने चिनी अभाव देखिएको छ ।
बजारमा व्यापारीले कृत्रिम अभाव गरेर चिनीको मूल्य बढाएका बेला सरकारी निकाय समन्वय गर्नुको साटो निरीह भई टुलुटुलु हेरेर बसेको पाइएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले मंगलबार दिउँसोबाट कम्पनीको कुनै पनि शाखामा चिनी नरहेको बताए ।
उनले उपत्यकामा सञ्चालित काठमाडौंका थापाथली, रामशाहपथ तथा ललितपुरको नख्खु, भक्तपुरको सूर्यविनायकमा रहेको पसलमा चिनी अभाव रहेको बताए । सुवेदीले तिहारपछि मात्रै संस्थाले बोलकबोल गरेर चिनी खरिद गरी बिक्री गर्ने जानकारी दिए ।
यसै गरी साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडमा पनि चिनीको अभाव देखिएको छ । साल्ट ट्रेडिङका सूचना अधिकारी कुमार राजभण्डारी ९७ रुपियाँमा २ किलोसम्म मात्र चिनी दिने गरिएको बताए ।
उनले जिल्ला प्रशासन कार्यालयले बेच्न दिएको चिनी सरकारी निकायलाई दिन राखिएको अन्य केही क्विन्टल चिनी सामान किन्न आउने ग्राहकलाई २ किलोका दरले दिन राखिएको बताए । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij